दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज

राजविराज राजविराज
|
मंगलबार, श्रावण १४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज

सारांश

  •     खेलकुद समितिको कार्यालयमा लगाइएको ताला खुल्न नसक्दा दैनिकी कामकाजका साथै खेलकुद गतिविधि समेत ठप्प हुन पुगेको छ ।
  • जेठ ७ गते समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा लगाइएको ताला खोल्ने विषयमा सकारात्मक पहल हुन सकेको छैन् ।
  •       कार्यालय संचालन हुन नसक्दा पूर्वाधार निर्माणका लागि आएको ३५ लाखको बजेट समेत फ्रिज भएपछि खेलाडी र खेल प्रेमि निरास भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ साउन । 
    जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा पदाधिकारीले नै दुई महिना अघि लगाएको ताला अझै खुल्न सकेको छैन् ।   
    खेलकुद समितिको कार्यालयमा लगाइएको ताला खुल्न नसक्दा दैनिकी कामकाजका साथै खेलकुद गतिविधि समेत ठप्प हुन पुगेको छ । जेठ ७ गते समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा लगाइएको ताला खोल्ने विषयमा सकारात्मक पहल हुन सकेको छैन् । 
    कार्यालय संचालन हुन नसक्दा पूर्वाधार निर्माणका लागि आएको ३५ लाखको बजेट समेत फ्रिज भएपछि खेलाडी र खेल प्रेमि निरास भएका छन् । 
    उपाध्यक्ष बर्माको नेतृत्वमा समितिका बहुमत पदाधिकारीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, अहिले सम्म सार्वजनिक नगरिएको २०७१ साल देखिको आयव्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट संचालन गर्नुपर्ने तथा कार्यालय प्रमुख दिनेश भुजेलको सरुवा गर्नुपर्ने लगायतका माग राख्दै समितिको मुख्य गेटमै तालाबन्दी गरिएको छ ।  
    यता कार्यालय प्रमुख भुजेलले ताला खोलाउन सम्बद्घ निकायले कुनै पहल नगरेपछि तथा खेल गतिविधि र कार्यालयको दैनिक कामकाज समेत ठप्प हुनुका साथै पूर्वाधार निर्माणका लागी आएको ३५ लाखको बजेट पनि फ्रिज भएको बताए ।
    जिल्लाको कंचनरुप नगरपालिकामा निर्माण गरिने तय भएको मदन भण्डारी खेल ग्रामका लागी आएको २५ लाख र सप्तकोशी नगरपालिकामा कभर्डहल निर्माणका लागि आएको १० लाख गरी ३५ लाख रुपैया विवादकै कारण फ्रिज भएर गएकोले जिल्लाको खेलकुद क्षेत्रलाई ठुलो घाटा भएको उनको भनाई छ । 
    समितिको पदाधिकारीहरुमा हाल दुई गुट देखिएको छ । कुल ११ सदस्यीय समितिमा अध्यक्ष खावासको पक्षमा दुई तथा उपाध्यक्ष बर्माको पक्षमा ९ जना उभिएका छन । एक पक्षले अध्यक्ष अमर खवास र कार्यालय प्रमुख भुजेलको संयुक्त हस्ताक्षरमा समितिको खाता संचालन हुुनुपर्ने अडान लिएका छन भने अर्को पक्षले कोषाध्यक्ष राजेश चौधरी र कार्यालय प्रमुखको संयुक्त हस्ताक्षरमा बैंक खाता संचालन हुनुपर्ने अडान लिएकै कारण विवाद सामाधान हुन नसके हो ।
    यता उपाध्यक्ष बर्माले खेलकुद र खेलाडीको हितका लागी विभिन्न माग राखी ताला लगाएकोले राष्ट्रिय खेलकुद परिषदले जायज माग पुरा नगरेसम्म ताला नखोलिने अडान राखे । समिति भित्रको विवाद बारे पटक पटक राष्ट्रिय खेलकुद परिषदमा लिखित र मौखिक जानकारी गराउँदा पनि समस्या साधामनका लागी कुनै चासो नदेखाएको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन  ः जसपा वरिष्ठ नेता महतो
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन  ः जसपा वरिष्ठ नेता महतो
माघे संक्रान्तिमा साधुसन्तलाई मिष्ठान भोजन एवं न्यानो कपडा बितरण 
माघे संक्रान्तिमा साधुसन्तलाई मिष्ठान भोजन एवं न्यानो कपडा बितरण 
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
ईक्युवालिटी कपमा सप्तरी बिजयी
ईक्युवालिटी कपमा सप्तरी बिजयी
झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा