दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करण अगामी चैत ७ देखि राजविराजमा हुने भएको छ ।
गत महिना संचालन हुनु पर्ने भएता पनि राष्ट्रिय टिमको खेल तालिकालाई मध्यनजर गरेर मिति सारिएको थियो । तर अब भने उपलब्ध राष्ट्रिय खेलाडीहरुलाई समाबेश गरेर प्रतियोगिता आयोजना गरिने निर्णय गरिएको प्रतियोगिता समितिका निर्देशक रोशन मण्डलले जानकारी दिए ।
लिगको आयोजना सप्तरी क्रिकेट संघले गर्दै आएको छ । पाँच फ्रेन्चाइज् टिमहरुको सहभागिता रहने प्रतियोगिताको खेलाडी चयन अक्सनमार्फत गरिंदै आएको छ ।
हालसम्म देशभरबाट १ सय ४५ जना खेलाडीले अक्सनको लागि नाम दर्ता गरिसकेका छन् । सहभागी फ्रेन्चाइजले आफ्नो टिममा ५ जना जिल्ला बाहिरको खेलाडी राख्न पाउने नियम छ । जसमध्ये न्युनतम ४ जना खेलाडीलाई अन्तिम एघारमा समाबेश गरिने छ ।
जिल्ला बाहिरको खेलाडी सहित फ्रेन्चाइजले अक्सन मार्फत कूल १६ जना खेलाडीको टिम बनाउन पाउने छनु ।
यो सिजन पनि राष्ट्रिय क्रिकेटरहरुले अक्सनको लागि नाम दर्ता गराइसकेका छन्।
डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्स सहित रुपनी राईडर्स, तिलाठी कोईलाडी जायन्ट्स, बोदे बर्साईन थन्डर्स र टिभीएस किंग्स राजविराज लिगमा सहभागी टिमहरु हुन । एक साता चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ ।
प्रतियोगिताको विजेता टिमले यो पटक चार लाख रुपैयाँ तथा उपविजेता टिमले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी गराएका छन् । गत संस्करणमा विजेताले तिन लाख तथा उपविजेताले एक लाख पचास हजार नगद पुरस्कार पाएका थिए ।
लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा आयोजना हुनेछ जहाँ खेल हेर्न दर्शकहरुले टिकट काट्नु पर्ने आयोजक समितिले जनाएको छ ।
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
सारांश
- गत महिना संचालन हुनु पर्ने भएता पनि राष्ट्रिय टिमको खेल तालिकालाई मध्यनजर गरेर मिति सारिएको थियो ।
- तर अब भने उपलब्ध राष्ट्रिय खेलाडीहरुलाई समाबेश गरेर प्रतियोगिता आयोजना गरिने निर्णय गरिएको प्रतियोगिता समितिका निर्देशक रोशन मण्डलले जानकारी दिए ।
- लिगको आयोजना सप्तरी क्रिकेट संघले गर्दै आएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया