दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
हरेक वर्ष दशैं, दिपावली लगत्तै छठ पर्व मनाइन्छ । सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व हिजोआज अन्य जातजाति एवं राजधानी लगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो ।
विगतमा केही सिमित क्षेत्रमा मनाइए पनि अहिले यो पर्व सम्भवत् मुलुकको सम्पूर्ण भु–भागमा मनाइन्छ । कीन नहोस् छठ पर्व यस्तो पर्व हो जसमा “सूर्य” देवताको मात्र पूजा गरिन्छ । सूर्यले जसरी एकै साथ संसार भरी प्रकाश दिन्छ त्यसरी नै छठी माता पनि सबैको साझा र प्रिय बन्न पुगेकी छिन् । यति मात्र नभएर साझा पर्व छठले आपसी भाईचारा, सद्भाव एक आपसमा प्रेम र विभिन्न जातजातीलाई एकै थलोमा उभ्याउन सफल भएको छ ।
विश्वको दक्षिण एशियाको दुई राष्ट्र भारत र नेपाल मात्र यस्ता राष्ट्र हुन जसमा सूर्यको पुजा आराधना गरिन्छ । यसको उद्गम श्रोत सनातन हिन्दू धर्म र नेपालको सन्दर्भमा मनाउने क्षेत्र मधेश मात्रै भए पनि अहिले यो सबैभन्दा बढी लोकप्रिय र हिन्दू, इस्लाम, बौद्ध, जैन, सीख जस्ता अन्तरधार्मिक समुदायहरूले देशका करीब सातै प्रदेशसहित काठमाडौँमै पनि विशेष निष्ठाका साथ मनाउने गरेको देखिन्छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास रहेको छ । चार दिनसम्म मनाइने यस पर्वको तेश्रो दिन मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ । यसका लागि जलाशयलाई बेहुली झैं सिंगारिएको छ । ती जलाशयहरुलाई यूवाहरुसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतले सरसफाई गरेका छन् ।
राजविराज वडा नम्बर १ स्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिदै छ । यता भारदहस्थित कोशी व्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतीय गाउँबाट समेत आएर श्रद्धालुहरुले छठी माताको पुजा र अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी गरेका छन् ।
यसअघि पहिलो दिन ब्रतालुहरुले अरबा–अरबाइन, दोस्रो दिन खरना गरेका छन् भने तेश्रो दिन अस्ताउन लागेको सूर्यलाई अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा सम्पन्न हुन्छ ।
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
सारांश
- विगतमा केही सिमित क्षेत्रमा मनाइए पनि अहिले यो पर्व सम्भवत् मुलुकको सम्पूर्ण भु–भागमा मनाइन्छ ।
- कीन नहोस् छठ पर्व यस्तो पर्व हो जसमा “सूर्य” देवताको मात्र पूजा गरिन्छ ।
- सूर्यले जसरी एकै साथ संसार भरी प्रकाश दिन्छ त्यसरी नै छठी माता पनि सबैको साझा र प्रिय बन्न पुगेकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया