दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

राजविराज राजविराज
|
आइतबार, भाद्र २३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

सारांश

  •     तिरहुत गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव (हाल राजगढ गाउँपालिका) र इन्जिनियर खुर्सेद इक्राम (अवकाश प्राप्त)ले आ.
  • ब.
  • २०७५÷७६ मा वडा नं.

दैनिक समाचारदाता
राजविराज, २३ भदौ । 

    सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा व्यवस्थापन सम्बन्धी योजना तथा सोलार बत्ति जडान लगायतका कार्यमा सम्झौता बमोजिमको कामै नगरि रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १९ जना बिरुद्ध विशेष आदालतमा मुद्दा दायर गरेको छ । 
    तिरहुत गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव (हाल राजगढ गाउँपालिका) र इन्जिनियर खुर्सेद इक्राम (अवकाश प्राप्त)ले आ.ब. २०७५÷७६ मा वडा नं. ५ स्थित पर्यटन क्षेत्रमा गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन सम्वद्र्धन तथा व्यवस्थापन कार्यका लागि योजनाको सम्झौता पत्रमा सही छाप गरेको विपरीत काम भएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ । उनीहरुले कम काम गरि बढी काम गरेको भनी तयार गरेको प्राविधिक मुल्याङनसहितको नापी किताब र कार्य सम्पन्न प्रतिवेदन पेश गरि भुक्तानीका लागि आदेश सदर गरि ११ लाख १९ हजार ९ सय ४९ रुँपैया ३३ पैसा उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको अख्तियारको आरोप छ । दुबै जना माथी ११ लाख १९ हजार ९ सय ४९ रुँपैया ३३ पैसा बिगो र जरिवाना माग दाबी कायम गरि मुद्दा दर्ता गरिएको छ । 
    सोही योजनामा तत्कालिन लेखा प्रमुख सोनु कुमार सोनीले योजनाको भुक्तानी गर्दा नियमानुसार भुक्तानी गर्नुपर्नेमा सो नगरि ५ लाख ३९ हजार ३ सय ८५ रुपैया ८९ पैसा बढी भुक्तानी दिएको तथा उपभोक्त समितिले पेश गरेको बिल बिजकहरु जारि भएको मिति योजना सम्झौता मिति भन्दा अगावै जारि भएको देखिएबाट उक्त बिल भरपाई झुठा तथा नक्कली पुष्टि भएको अवस्थामा उक्त झुठा बिल बिजक वापतको १ लाख ९५ हजार ८ सय ९५ रुँपैया समेत गरि ७ लाख ३५ हजार २ सय ८० रुँपैया ८९ पैसा बढी भुक्तानी गरेकोले सोही बमोजिमको बिगो वसुल उपरसहित कैदको माग दाबी अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।
    सोही योजनामा अनुगमन तथा भुक्तानीमा संलग्न गाउँपालिकाका तत्कालिन उपाध्यक्ष तिर्थमाया खत्वे, योजना अनुगमन समितिका सदस्य दुर्गानन्द यादव (वडा नं. ३ का स्वास्थ्य शाखा प्रमुख), बिरेन्द्र कुमार यादव (वडा नं. २ का वडा सचिव), भोगानन्द महात्मान (वडा नं. ३ का निर्वतमान वडा अध्यक्ष) र रमानन्द चौधरी (वडा नं. ५ का वडा अध्यक्ष)ले बास्तविक भए गरेको कार्य भन्दा बढी गरेको भनी नभए गरेका कुरा देखाई भुक्तानीको प्रतिवेदन पेश गरि सोही बमोजिम झुठा बिल भरपाईको आधारमा भुक्तानीको टिप्पणी र आदेश सदर भई ११ लाख १९ हजार ९ सय ४९ रुँपैया ३३ पैसा उपभोक्ता समितिलाई बढी भुक्तानी दिन लगाएकोले सोही अनुसारको जरिवाना र कैदको सजाय गर्न अख्तियारले माग दाबी लिएको छ । 
    सोही योजनाका उपभोक्ता समितिका अध्यक्ष शिवनाथ चौधरी, सचिव देवकान्त चौधरी र कोषाध्यक्ष चन्द्री देवीलाई समेतलाई अख्तियारले विपक्षी बनाई ११ लाख १९ हजार ९ सय ४९ रुँपैया ३३ पैसा बिगो समेत सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।
    यस्तै सोही पालिकामा ६ वर्षअघि वडा नं. १ देखी ५ सम्म भएको सोलार बत्ति जडान कार्यमा नापी किताब अनुसार कार्य नगरि वास्तविक कार्य भन्दा बढी भुक्तानी दिएको आरोपमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सवइन्जिनियर जागेश्वर मण्डलसहित ९ जना बिरुद्ध अख्तियारले आइतबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
    आ.ब. २०७४÷७५ मा सोलार बत्ति खरीद तथा जडान कार्यका लागि भएको सम्झौता बमोजिम काम नभएको तर प्राविधिक मुल्याङनसहितको नापी किताब तयार गरि भुक्तानीको आदेश र टिप्पणी गरि काम भन्दा ६ लाख ४५ हजार ६ सय ६५ रुँपैया बढी भुक्तानी दिएको अख्तियारद्वारा विशेष अदालतमा दायर आरोप पत्रमा उल्लेख छ । 
    यस्तै सोही मुद्दामा गाउँपालिका तत्कालिन उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक तिर्थमाया खत्वे, सदस्यद्वय दुर्गानन्द यादव र बिरेन्द्र कुमार यादवले बास्तविक भन्दा बढी कार्य भएको प्रतिवेदन पेश गरि भुक्तानीका लागि सिफारिस गरेकोले दोषि देखिएको भन्दै आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिमको कसुरमा कैद र जरिवाना सजाय समेतको माग दाबी गरिएको छ । 
    उक्त कार्यमा उपभोक्ता समितिका अध्यक्ष रबेन्द्र कुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणु कुमार यादव समेतको संलग्नता रहेको अख्तियारद्वारा विशेष अदालतमा दायर आरोप पत्रमा उल्लेख छ । निजहरुले सर्त एवं सम्झौता विपरीत भए गरेको कार्य भन्दा बढी कार्य गरेको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, बिल भरपाई, डोर हाजिरी लगायतका झुठा कागजात तयार गरि भ्रष्टाचार गरेको अख्तियारले विशेष अदालतमा पेश गरेको आरोप पत्रमा उल्लेख छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानियतहका प्रमुखद्वारा मलखादको  समस्या समाधान गर्न ज्ञापन
स्थानियतहका प्रमुखद्वारा मलखादको  समस्या समाधान गर्न ज्ञापन
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
एक पदका लागी नौं जनाको उम्मेदवारी,  राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
एक पदका लागी नौं जनाको उम्मेदवारी, राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ
अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?