बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग 

राजविराज राजविराज
|
बुधबार, श्रावण ६, २०७८
|
|
१७६ पटक हेरिएको
Shares
बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग 

सारांश

  •     राज्यमन्त्री कर्णले मंगलबार एक विज्ञप्तिमार्फत सो ध्यानाकर्षण गराउँदै ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर–ईद (इदुल जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि एंव सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
  •       सम्पूर्ण नेपालीलाई यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरुले एकता र सामुदायिक सदभाव कायम गर्दै एक आपसमा भाई चाराको सम्बन्ध स्थापित गर्दै आएको उनले उल्लेख गरेकी छिन् ।
  •       विभिन्न धर्म भाषा, संस्कृतिका बीच एक अर्काका मौलिक संस्कृति र पर्वहरुको सम्मान गर्दे आएको जनाउँदै म्ुस्लिम समुदायले विशेष महत्वका साथ मनाउने यस पर्वले सबैलाई थप हौसला र उर्जा मिल्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ५ साउन । 
    प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले केही दिनदेखि भईरहेको अविरल वर्षाका कारण प्रदेश नं. २ का सप्तरीसहितका आठ वटै जिल्लाका नदीहरुमा आएको बाढीले पु¥याएको क्षतिको यकिन गरी आवश्यक उद्दार तथा राहतको व्यवस्था मिलाउन सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराएकी छिन् । 
    राज्यमन्त्री कर्णले मंगलबार एक विज्ञप्तिमार्फत सो ध्यानाकर्षण गराउँदै ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर–ईद (इदुल जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि एंव सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । 
    सम्पूर्ण नेपालीलाई यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरुले एकता र सामुदायिक सदभाव कायम गर्दै एक आपसमा भाई चाराको सम्बन्ध स्थापित गर्दै आएको उनले उल्लेख गरेकी छिन् । 
    विभिन्न धर्म भाषा, संस्कृतिका बीच एक अर्काका मौलिक संस्कृति र पर्वहरुको सम्मान गर्दे आएको जनाउँदै म्ुस्लिम समुदायले विशेष महत्वका साथ मनाउने यस पर्वले सबैलाई थप हौसला र उर्जा मिल्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।
    वैश्विक कोरोना भाईरस फैलिन नदिन र संक्रमणबाट बच्न भौतिक दुरी कायम गरी आ–आफ्नै घरमा बसी यस पर्वलाई हर्साैउल्लासका साथ मनाउन आग्रह समेत गरेकी छिन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना
सप्तरीको स्वास्थ्य क्षेत्र अवस्था र चुनौती 
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
न्यायका लागि अदालतै अगाडी धर्ना
न्यायका लागि अदालतै अगाडी धर्ना
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते 
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते 
राष्ट्रियसभा निर्वाचन तथा मधेशी दल
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप