दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले केही दिनदेखि भईरहेको अविरल वर्षाका कारण प्रदेश नं. २ का सप्तरीसहितका आठ वटै जिल्लाका नदीहरुमा आएको बाढीले पु¥याएको क्षतिको यकिन गरी आवश्यक उद्दार तथा राहतको व्यवस्था मिलाउन सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराएकी छिन् ।
राज्यमन्त्री कर्णले मंगलबार एक विज्ञप्तिमार्फत सो ध्यानाकर्षण गराउँदै ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर–ईद (इदुल जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि एंव सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
सम्पूर्ण नेपालीलाई यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरुले एकता र सामुदायिक सदभाव कायम गर्दै एक आपसमा भाई चाराको सम्बन्ध स्थापित गर्दै आएको उनले उल्लेख गरेकी छिन् ।
विभिन्न धर्म भाषा, संस्कृतिका बीच एक अर्काका मौलिक संस्कृति र पर्वहरुको सम्मान गर्दे आएको जनाउँदै म्ुस्लिम समुदायले विशेष महत्वका साथ मनाउने यस पर्वले सबैलाई थप हौसला र उर्जा मिल्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।
वैश्विक कोरोना भाईरस फैलिन नदिन र संक्रमणबाट बच्न भौतिक दुरी कायम गरी आ–आफ्नै घरमा बसी यस पर्वलाई हर्साैउल्लासका साथ मनाउन आग्रह समेत गरेकी छिन् ।
बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग
सारांश
- राज्यमन्त्री कर्णले मंगलबार एक विज्ञप्तिमार्फत सो ध्यानाकर्षण गराउँदै ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर–ईद (इदुल जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि एंव सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
- सम्पूर्ण नेपालीलाई यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरुले एकता र सामुदायिक सदभाव कायम गर्दै एक आपसमा भाई चाराको सम्बन्ध स्थापित गर्दै आएको उनले उल्लेख गरेकी छिन् ।
- विभिन्न धर्म भाषा, संस्कृतिका बीच एक अर्काका मौलिक संस्कृति र पर्वहरुको सम्मान गर्दे आएको जनाउँदै म्ुस्लिम समुदायले विशेष महत्वका साथ मनाउने यस पर्वले सबैलाई थप हौसला र उर्जा मिल्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया