राजविराज आँखा अस्पताल र आँखाका रोगीहरु 

राजविराज राजविराज
|
शुक्रबार, पौष २५, २०७६
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  •     स्थानीय निकाय जनप्रनिनिधिहरुले र केन्द्रीय तथा प्रदेश सरकारको कुनै लगानी आँखा अस्पतालमा नरहेको अवस्थामा पनि आँखा अस्पतालले जसरी भएपनि सुविधा दिई रहेको सन्दर्भमा राजविराज आँखा अस्पतालमा नेपाल सरकार पक्षबाट स्थानीय श्रोतबाट तथा प्रदेश श्रोतबाट आर्थिक भौतिक, पूर्वाधारहरुको निर्माण भयो भने तथा स्थानीय स्तरबाट अस्पताललाई रेखदेख सुविधा स्तर उन्नतीको लागि स्थानीय बजेटमा सुनिश्चित गर्नुपर्ने आम भावना रहेकोमा अस्पताल अझै रोगीहरुलाई सुविधा दिन सक्षम हुने विश्वास गरिन्छ ।
  • दिनप्रतिदिन चाप बढिरहेको अवस्थामा प्राविधिकहरुको व्यवस्थापक स्थानीय निकायबाट भयो भने रोगीहरुको संख्या उपचारको क्रममा बढ्ने अनुमान गरिन्छ ।
  • त्यस्तै प्रदेश सरकारबाट प्रदेश स्तरीय बजेटलाई आँखा अस्पताल प्रति विनियोजित गरी १३ कठ्ठाको क्षेत्रफलमा फैलिएको मलेठ स्थित राजविराज आँखा अस्पताल अन्य भौतिक पूर्वाधारहरु निर्माण हुन हुने विश्वास बढेको अवस्थामा प्रदेश सरकारले बजेट आँखा अस्पतालमा लगानी गरे भोलीका दिनमा भारतको विहार राज्यबाट तथा सप्तरीका लगायत सुनसरी जिल्लाबाट पनि रोगीहरु बढी मात्रामा उपचारको लाभ पाउने विश्वास गरिन्छ ।

अमरनाथ मण्डल
    नेत्र दान नेत्र उपचार जिवनको प्रमुख परोपकार र धर्म मानिन्छ । संसारलाई हेर्ने दृष्टि रहेकोले दृष्टिको रुपमा आँखा मानिसको जिवनमा सम्वेदनशील अंगको रुपमा स्थापित भएका छन् । आँखा नभएका संसार अन्धयारोमै बन्ने छ । यसै कारणले ठूला ठूला महान पुरुषहरुले नेत्र दानलाई संसारको सबभन्दा ठूलो दानको रुपमा स्थापित गरेका छन् । मर्नु भन्दा पहिले आफ्नो आँखा दान गरेको हजारौं व्यक्तिको आँखा पाउने र सो आँखाबाट संसार हेर्ने गरिन्छ । धन्यवाद छ, त्यस्ता महापुरुषहरुलाई जसले नेत्र दान आफ्नै जिवनको आधार बनाएका छन् । त्यही सन्दर्भमा आँखाको उपचार गर्ने चिकित्सक अस्पताल, प्राविधिकहरु पनि आफैमा परोपकारको भागी बन्दै छ । वहाँहरुको भनाई अनुसार हामी हजारौ रोगीको उपचार गर्ने गर्छौ तर त्यही उपचारमा रमाउने तथा रोगीसँग स्हार्दपूर्ण वातावरणको सिर्जना गरी आनन्दमय जिन्दगी बिताउन सजिलो भईरहेको चिकित्सकहरु महसुस गर्छ । यसै क्रममा सप्तरी जिल्लाको एक मात्र आँखा उपचार केन्द्र अर्थात राजविराज आँखा अस्पताल अहिले हजारौं रोगीको उपचारको केन्द्र विन्दु बनेका छन् भने १९८८ मा स्थापना भएका राजविराज आँखा अस्पताल अहिले आफैमा क्षमता बन्दै गइरहेका छन् । राजविराज आँखा अस्पताल २०१९ मा ३१,५३२ रोगीको उपचार गरेका छन् भने आँखा अस्पतालले शुक्रबार २० जना देखि ४० जना सम्मको अपरेशन गर्ने गरेको छ । अहिले २० ओटा बेड रहेको अस्पतालमा क्षमता अनुसार रोगीको चाप बढेको कारणले ४० वटा बेड लगाउने तर्खरमा रहेका आँखा अस्पताल दिनहुँ आँखा पोल्ने रोगी दृष्टि जाँच लगायत अन्य उपचारहरु सफलतापूर्वक गरिरहेका छन् । 
    सप्तरी मात्र नभई भारतको विहार राज्यबाट करिब २५ प्रतिशत रोगी दिनहुँ आँखा अस्पताल राजविराजमा उपचार गराउन आउने गरेको अवस्थामा २० जना अस्पतालका प्राविधिक टोली तथा ४ जना सामान्य कर्मचारीहरुको रेखदेखमा उपचार भईरहेको छ । भौतिक सामग्रीहरुको अभाव आफ्नै ठाउँमा रहे तापनि शौचालय, प्रतिक्षालय भवन, खानेपानी तथा अन्य भौतिक पूर्वाधारहरु अहिले पनि अस्पतालमा अभाव रहेको छ भने प्राविधिकहरुमा आँखा जाँच्ने लगायत अन्य प्राविधिकहरुको पदपुर्ति हालै भएकोले अस्पताल आफैमा सक्षम भएका छन् । सगरमाथा चौधरी आँखा अस्पतालद्वारा संचालित राजविराज आँखा अस्पताल चौधरी आँखा अस्पतालको स्वामित्वमा रहे पनि नेत्रज्योति संघ तथा चौधरी आँखा अस्पताल लहानले सम्पूर्ण व्यवस्थापन पक्ष मिलाई रहेको अवस्थामा सप्तरीको ठूलो सम्पत्तिको रुपमा रहेको आँखा अस्पताल अहिले सप्तरीको आँखा रोगीहरुलाई अन्यन्त्र जानुपर्ने अवस्थाबाट मुक्ति पाएका छन् । व्यापारी केन्द्रको आधारमा राजविराज भारत विहारको नजिक रहेकोले भारत विहारबाट रोगीहरु दिनहुँ आँखा अस्पतालमा उपचार गराउन आउने गरेको कारण आर्थिक प्रतिलाभ तथा अन्य सामाग्रीहरुको किनबेच मोलतोल रहेको आर्थिक आय सप्तरीलाई बढ्ने गरेको देखिन्छ । 
    स्थानीय निकाय जनप्रनिनिधिहरुले र केन्द्रीय तथा प्रदेश सरकारको कुनै लगानी आँखा अस्पतालमा नरहेको अवस्थामा पनि आँखा अस्पतालले जसरी भएपनि सुविधा दिई रहेको सन्दर्भमा राजविराज आँखा अस्पतालमा नेपाल सरकार पक्षबाट स्थानीय श्रोतबाट तथा प्रदेश श्रोतबाट आर्थिक भौतिक, पूर्वाधारहरुको निर्माण भयो भने तथा स्थानीय स्तरबाट अस्पताललाई रेखदेख सुविधा स्तर उन्नतीको लागि स्थानीय बजेटमा सुनिश्चित गर्नुपर्ने आम भावना रहेकोमा अस्पताल अझै रोगीहरुलाई सुविधा दिन सक्षम हुने विश्वास गरिन्छ । दिनप्रतिदिन चाप बढिरहेको अवस्थामा प्राविधिकहरुको व्यवस्थापक स्थानीय निकायबाट भयो भने रोगीहरुको संख्या उपचारको क्रममा बढ्ने अनुमान गरिन्छ । त्यस्तै प्रदेश सरकारबाट प्रदेश स्तरीय बजेटलाई आँखा अस्पताल प्रति विनियोजित गरी १३ कठ्ठाको क्षेत्रफलमा फैलिएको मलेठ स्थित राजविराज आँखा अस्पताल अन्य भौतिक पूर्वाधारहरु निर्माण हुन हुने विश्वास बढेको अवस्थामा प्रदेश सरकारले बजेट आँखा अस्पतालमा लगानी गरे भोलीका दिनमा भारतको विहार राज्यबाट तथा सप्तरीका लगायत सुनसरी जिल्लाबाट पनि रोगीहरु बढी मात्रामा उपचारको लाभ पाउने विश्वास गरिन्छ । उपचारकै क्रममा आउने रोगीहरु बास बस्ने धर्मशाला खाना खाने क्यान्टीङ्गको व्यवस्था भयो भने रोगीहरु प्रत्यक्ष रुपमा उपचारको लागि राजविराज आँखा अस्पतालतिर आर्कषित हुने आँखा अस्पतालका राम कुमार झा बताउँछन् । चिकित्क झा अनुसार हामी प्राविधिकहरु क्षमता अनुसार दिनहुँ सबै भन्दा बढी रोगीको उपचार गर्ने गरेको अवस्थामा केही भौतिक निर्माण कार्यहरु अस्पतालमा गर्न बाँकी रहेको अवस्थामा बजेटको अभाव आफ्नै ठाउँमा रहेको अहिले तिब्र गतिमा अन्य भवनहरु तथा भौतिक सामाग्रीहरु निर्माण तथा उपलब्ध गराउन तदरुपतामा खाँचो रहेको अवस्था छ । लहान अस्पताल र नेत्रज्योति संघको सक्रियता कारणले गर्दा रोगीहरु उपचारको अवस्थामा उपचार गराई रहेको छ भने उपचारको क्रममा रोगीहरु अन्यत्र जानुपर्ने अवस्थाको सिर्जना नभएकोले रोगीहरु राहतको श्वास लिई रहेका छन् । 
    स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र रहेकोले यस प्रति स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले ध्यान जानुपर्ने अवस्था देखिन्छ भने कुनै संस्थाले निर्माण गरि दिएका संचालन गरि दिए संस्थालाई सरकारले आफ्नो प्रत्यक्ष लगानी लगाई अझै गुणस्तरीय विकासको लागि पहलको अवस्था देखिन्छ । यस्तो अवस्थामा सप्तरीको विकास तथा स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्ने सबै विश्वास लिएका छन् भने सप्तरी जिल्लाका नागरिक, समाज, राजनैतिक दल, जनप्रतिनिधिहरुको प्रत्यक्ष सरोकारको विषय रहेको, यस्तो सरोकारको संवेदशील क्षेत्रलाई सबै क्षेत्रबाट प्रोत्साहन नितिको अंगीकार गरी सेवा भावनाको रुपमा लिनुपर्ने अवस्थाको सिर्जना भयो भने सप्तरीको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने अनुमान र विश्सा गरिन्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोदेबरसाईन र रुपनी राईडर्स विजयी
बोदेबरसाईन र रुपनी राईडर्स विजयी
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर 
डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर 
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ