जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय

राजविराज राजविराज
|
आइतबार, आषाढ १२, २०७९
|
|
३२ पटक हेरिएको
Shares
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय

सारांश

  •     आईतवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उक्त गठबन्धनबाट प्रमुख पदका साझा उम्मेदवार नेपाली काँग्रेसका शिव नारायण साह २३ मत ल्याई निर्वाचित भएका हुन् ।
  •       उनका निकटतम प्रतिद्वन्दी जसप–एमाले गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका छेदी यादवले ११ मत प्राप्त गरे ।
  • उक्त पदमा २ मत बदर समेत भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ असार । 
    जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा काँग्रेस, लोसपा, जनमत र नेकपा एस गठबन्धनका उम्मेदवार शिवनारायण साह निर्वाचित भएका छन् । 
    आईतवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उक्त गठबन्धनबाट प्रमुख पदका साझा उम्मेदवार नेपाली काँग्रेसका शिव नारायण साह २३ मत ल्याई निर्वाचित भएका हुन् । 
    उनका निकटतम प्रतिद्वन्दी जसप–एमाले गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका छेदी यादवले ११ मत प्राप्त गरे । उक्त पदमा २ मत बदर समेत भएको छ ।  
    यस्तै उपप्रमुखमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत (समावादी) गठबन्धन कै साझा उम्मेदवार लोसपाका शम्भु कुमार यादव २० मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी जसपा–एमाले गठबन्धनका देवकान्त चौधरीले १४ मत प्राप्त गरे । 
    यसैगरि सदस्यहरुमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत (समाजवादी) गठबन्धनका उम्मेदवारहरु जागेश्वर यादव (काँग्रेस) २३ मत, रंजिता कुमारी चौधरी (काँग्रेस) २२ मत, सत्य नारायण मण्डल (लोसपा) २० मत, सविता कुमारी साह (नेकपा एस) २३ मत, बहुरी भगत (नेकपा एस) २३ मत, प्राणवत्ती सरदार (जनमत) २३ मत र बृद्धिलाल यादव (जनमत) २४ मत ल्याई विजयी भएका छन् । 
    सप्तरीको १८ वटै स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष गरि कुल ३६ मतदाता रहेका थिए । जसमा नेपाली काँग्रेसको १२ मत, जसपाको ८ मत, लोसपाको ५ मत, नेकपा एमालेको ४ मत, जनमत पार्टीको ३ मत, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत (समाजवादी) को २÷२ मत रहेको थियो । 
    अन्तिम क्षणमा काँग्रेस, लोसपा, जनमत र नेकपा एकिकृत (समाजवादी) गठबन्धनबाट अलगिएका नेकपा माओवादी केन्द्रले काँग्रेसले धोखा दिएको आरोप लगाएका छन् । 
    यता संघिय सरकारका सत्ता साझेदार दलका नेताहरुले समय मै पहल नगर्दा जिल्लामा तालमेल भत्किएको र यसले आगामी प्रदेश र संघिय निर्वाचनमा समेत प्रतिकुल असर पार्ने अनुमान गर्न थालिएको छ । नेपाली काँग्रेसका सचिव सनत मण्डलले सत्ता साझेदार दल भएपनि जसपाले त्यस्तो व्यवहार नदेखाएको र जिससको निर्वाचनमा हैसियत भन्दा बढी पद माग गर्दा गठबन्धन हुन नसकेको बताए । 
    जसपाका अध्यक्ष केदार यादवले भने पद बाडँफाँडमा काँग्रेसले सम्मानजनक स्थान दिन नमानेपछि एमाले संग गठबन्धन गर्न बाध्य भएको जिकिर गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
पोखरीमा डुबेर  बालकको ज्यान गयो
पोखरीमा डुबेर  बालकको ज्यान गयो
एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या 
एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या 
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु
टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु
विद्यापती स्मृती पर्वमा रक्तदान
विद्यापती स्मृती पर्वमा रक्तदान
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी