सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २१, २०७९
|
|
५३ पटक हेरिएको
Shares
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सारांश

  •     बिहिबार निर्वाचन क्षेत्र नं.
  • २ मा पर्ने सदरमुकाम राजविराजमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं.
  • १ को कंचनरुप नगरपालिका, क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, २० असोज । 

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 
    बिहिबार निर्वाचन क्षेत्र नं. २ मा पर्ने सदरमुकाम राजविराजमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं. १ को कंचनरुप नगरपालिका, क्षेत्र नं. ३ को शम्भुनाथ नगरपालिका र क्षेत्र नं. ४ को खडक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 
    मुख्य निर्वाचन अधिकृतको कार्यालय आफैले उद्घाटन गरेका जिल्ला अदालत सप्तरीका प्रमुख न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले अब निर्वाचन आयोगले तयार गरेको कार्यतािलका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए ।
    उनले निर्वाच नभयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको सहयोगका लागि अपील गरे । निष्पक्ष निर्वाचनका लागि सबैको सरोकार हुने भन्दै उनले त्यसका लागि आचारसहित र निर्वाचन कानुनहरुको पालना गर्नु पर्नेमा जोड दिए । 
    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सुरक्षा निकायका साथै सबै सरोकारवालाले निर्वाचनका समयमा भयरहित वातावरण निर्माणमा लाग्नु पर्ने बताए । सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरि मिति तोकेको छ । 
    सप्तरीमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ सय ३६ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकरी रमेश कुमार जोशीले जानकारी दिए । उनका अनुसार जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा एकै दिन कार्यालय स्थापना गरि निर्वाचन तालिका अनुसारको गतिविधि तिब्र बनाइएको छ । 
    प्रहरी उपरिक्षक अविनारायण काफ्लेले निर्वाचनलाई भयरहित र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको समन्वयमा एकीकृत सुरक्षा प्रणाली लागु गरिएको बताए । उनले यस कार्यमा सशस्त्र प्रहरी र सेनाका साथै नेपाल प्रहरीका १ हजार ६ सय ३४ तथा म्यादी प्रहरीका ३ हजार २ सय ७८ जनशक्ति परिचालन हुने जानकारी समेत दिए । 
    जिल्लामा कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन् । जसमध्ये २ लाख १७ हजार २  सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य मतदाता छन् ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?