दैनिक समाचारदाता
राजविराज, १० असार ।
विप्लव नेतृत्वको नेकपाले अह्वान गरेको बन्दले मंगलबार सप्तरीको जनजीवन पनि प्रभावित बनेको छ ।
सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै विरोधमा सो बन्दको आहवान गरिएको हो ।
यता उक्त पार्टीको कुनै पनि नेता कार्यकर्ता सडकमा कतै नदेखिए पनि बन्दले यातायात र शिक्षण संस्था ठप्प बनाएको थियो । सप्तरी सदरमुकाम राजविराजबाट विहानैदेखी लामो दुरीका यातायातका साधन चलेनन् भने सरकारी र नीजी दुबै शिक्षण संस्था बन्द रहेको थियो ।
प्रहरीले धरपकड गर्ने निश्चित देखे पछि विप्लव समुहका नेता कार्यकर्ताहरु भुमिगत रुपमै आफ्ना गतिविधी संचालन गरेका थिए ।
यस्तै बन्दको प्रभाव भने पसलहरुमा परेनन् । जिल्लाको कल्याणपुर, विषणपुर, कंचनपुर, फत्तेपुर, कठौना, हनुमानगर, भारदह लगायतका प्रमुख बजारहरु खुल्ला नै थिए । तर, यातायातका साधन नचल्दा बजारमा खासै चहलपहल देखिएको थिएन् ।
यता बन्दका क्रममा जिल्लामा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयले भने विप्लब समुहलाई वार्ताको माध्यमबाट शान्तिपुर्ण राजनीतिमा ल्याउनु पर्ने सुझाव दिएका छन् ।
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
सारांश
- सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै विरोधमा सो बन्दको आहवान गरिएको हो ।
- यता उक्त पार्टीको कुनै पनि नेता कार्यकर्ता सडकमा कतै नदेखिए पनि बन्दले यातायात र शिक्षण संस्था ठप्प बनाएको थियो ।
- सप्तरी सदरमुकाम राजविराजबाट विहानैदेखी लामो दुरीका यातायातका साधन चलेनन् भने सरकारी र नीजी दुबै शिक्षण संस्था बन्द रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया