मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ११, २०७८
|
|
५३ पटक हेरिएको
Shares
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी

सारांश

  •     राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा कोइलाडीले बजाज खडक वारियर्सलाई २ बिकेट तथा टिभिएसले राजविराज किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।
  •       टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्स निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २ सय रनको बिशाल योगफल जोडेको थियो ।
  • खडक वारियर्सको तर्फबाट बिस्फोटक ब्याटिङ गर्दै मिनस थापाले सर्वाधिक ९३ रनको योगदान गरे ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 
    राजविराजमा जारि चौथो मेयर कप सप्तरी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा तिलाठी कोइलाडी जायन्टस र टिभिएस किंग्स राजविराज बिजयी भएका छन् । 
    राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा कोइलाडीले बजाज खडक वारियर्सलाई २ बिकेट तथा टिभिएसले राजविराज किंग्सलाई ३ विकेटले पराजित गरेको हो । 
    टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्स निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २ सय रनको बिशाल योगफल जोडेको थियो । खडक वारियर्सको तर्फबाट बिस्फोटक ब्याटिङ गर्दै मिनस थापाले सर्वाधिक ९३ रनको योगदान गरे । यस्तै राहुल मण्डल ३९, अभिनाश कर्ण २९ र अरनिको यादवले २३ रनको योगदान दिए । तिलाठी कोइलाडी जयान्टसका तर्फबाट सुनिल धमला, भुवन कार्की र अभिशेख कार्कीले १÷१ विकेट लिए । 
    दुई सय १ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको तिलाठी कोइलाडी जायन्टस १९ दशमलब ४ ओभरमै बिजयी लक्ष्य भेटाएको थियो । तिलाठी कोइलाडी जयान्टसका लागि सुनिल धमलाले सर्वाधिक ६८, भुवन कार्की ३०, विकास दास २०, रोहन बिक १९ र आशिष झाले १० रनको योगदान दिए । 
    बलिङतर्फ बजाज खडक वारियर्सका राहुल मण्डलले ३ तथा गोमानन्द अमात्य र रोबिन सिंहले २÷२ र अरनिको यादवले १ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ दि म्याच बिजयी टोलीका सुनिल धमला घोषित भए । 
    शुक्रबार नै सम्पन्न अर्को खेलमा टिभिएस किंग्सले राजविराज किंग्सलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको राजविराज किंग्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय २० रनको चुनौती पेश गरेको थियो । १ सय २१ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको टिभिएस किंग्सले १८ दशमलब १ ओभरमै लक्ष्य प्राप्त गरेको थियो । उक्त खेलमा २ विकेट लिनुका साथै ५४ रन बनाए वापत बिजयी टोलीका कप्तान महबुब आलम म्यान अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु
भगाएर गर्भवती बनाई छाडेपछि  नाबालिका बिच्चलीमा 
भगाएर गर्भवती बनाई छाडेपछि  नाबालिका बिच्चलीमा