कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
बुधबार, जेठ १८, २०७९
|
|
१०२ पटक हेरिएको
Shares
कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कुटपिट मुद्दामा अदालतबाट १७ वर्ष अघि कैद सजाय तोकी फरार रहेका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी ४२ वर्षिय लाल देव यादव बुधवार पक्राउ गरेको हो ।
  •       घरमै लुकि बसेको गोप्य सुचनाको आधारमा पुृगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
  •       दिपेन्द्र कुमार यादवको जाहेरीले बादी नेपाल सरकार तथा प्रतिवादी लालदेव यादव रहेको उक्त कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते ३ महिना कैद र ७ सय २५ रुपैया जरिवानाको फैसला गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १८ जेठ । 
    प्रहरीले कुटपिट मुद्दामा अदालतबाट कैद सजाय तोकिएका फरार रहेका एक प्रतिवादीलाई १७ वर्ष पछि पक्राउ गर्न सफल भएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कुटपिट मुद्दामा अदालतबाट १७ वर्ष अघि कैद सजाय तोकी फरार रहेका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी ४२ वर्षिय लाल देव यादव बुधवार पक्राउ गरेको हो । 
    घरमै लुकि बसेको गोप्य सुचनाको आधारमा पुृगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    दिपेन्द्र कुमार यादवको जाहेरीले बादी नेपाल सरकार तथा प्रतिवादी लालदेव यादव रहेको उक्त कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते ३ महिना कैद र ७ सय २५ रुपैया जरिवानाको फैसला गरेको थियो । तत्कालिन पुनरावेदन अदालत राजविराजले पनि २०६४ साल असार ४ गते सुनवाई गर्दै उक्त फैसला सदर गरेको थियो । 
    पक्राउ परेका यादवलाई बुधवार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
प्रजातन्त्र सेनानी लालदेवको निधन 
प्रजातन्त्र सेनानी लालदेवको निधन 
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
मेलम्ची खानेपानी आयोजनामा शम्भुनाथका दाजुभाईको मृत्यु 
एकै दिन दुई बालिका र एक महिलासहित तीन जनाको डुबेर मृत्यु
एकै दिन दुई बालिका र एक महिलासहित तीन जनाको डुबेर मृत्यु
बाढीपीडितलाई ग्लोबलको सहयोग,  बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण
बाढीपीडितलाई ग्लोबलको सहयोग, बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
मलखाद वितरणमा जनप्रतिनिधी र डिलरको  मिलोमतो रहेको किसानको गुनासो
मलखाद वितरणमा जनप्रतिनिधी र डिलरको  मिलोमतो रहेको किसानको गुनासो