प्रजातन्त्र सेनानी लालदेवको निधन 

राजविराज राजविराज
|
आइतबार, जेठ ४, २०८२
|
|
२० पटक हेरिएको
Shares
प्रजातन्त्र सेनानी लालदेवको निधन 

सारांश

  •     प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, राजगढ गाउँपालिकाका निवर्तमान अध्यक्ष परमानन्द यादव, राजगढ गाउँपालिका नेपाली काँग्रेस गाउँ कमिटिका सभापति दीपेन्द्र यादव सहितका नेताले काँग्रेसको चारतारे झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
  •       अन्त्येष्टि स्थलमा काँग्रेसका नेता कार्यकर्ताका साथै जसपा नेपालका नेता लक्ष्मण यादव तथा ठूलो संख्यामा उपस्थित स्थानीयले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
  •     उनको निधनले दल विशेष मात्र नभएर प्रजातन्त्रको रक्षा र विकास चाहने सबैलाई क्षति भएको प्रतिनिधिसभा सदस्य समेत रहेका नेपाली काँग्रेस सप्तरीका पूर्वसभापति दिनेश यादवको भनाई छ ।

    राजविराज÷नेपाली काँग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी लालदेव यादवको निधन भएको छ ।
    सप्तरीको राजगढ गाउँपालिका ३ निवासी ९५ बर्षीय यादवको शुक्रबार निवासमै निधन भएको हो । उनको शनिवार अन्त्येष्टि गरिएको छ ।
    घरमा परम्परागत संस्कार सकेपछि घर नजिकैको फूलवारीमा उनको अन्त्येष्टि गरिएको छ । यादवका जेष्ठ सुपुत्र इन्द्रदेवले यादवको पार्थिव शरीमा दागवती दिएका थिए । यादवको इन्द्रदेव, देवेन्द्र, कृष्णदेव र विष्णुदेव गरी चार छोरा, छोरी अम्बिका र श्रीमती बिमला देवी छन् । 
    प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, राजगढ गाउँपालिकाका निवर्तमान अध्यक्ष परमानन्द यादव, राजगढ गाउँपालिका नेपाली काँग्रेस गाउँ कमिटिका सभापति दीपेन्द्र यादव सहितका नेताले काँग्रेसको चारतारे झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । 
    अन्त्येष्टि स्थलमा काँग्रेसका नेता कार्यकर्ताका साथै जसपा नेपालका नेता लक्ष्मण यादव तथा ठूलो संख्यामा उपस्थित स्थानीयले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
    उनको निधनले दल विशेष मात्र नभएर प्रजातन्त्रको रक्षा र विकास चाहने सबैलाई क्षति भएको प्रतिनिधिसभा सदस्य समेत रहेका नेपाली काँग्रेस सप्तरीका पूर्वसभापति दिनेश यादवको भनाई छ । 
    उनले राणाशासनदेखी पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा यादवले गरेको योगदान अविस्मरणीय रहेको बताए । राजगढ गाउँपालिकास्थित जनता शंकर उच्चमाविका लागि निशुल्क जग्गा प्रदान गरेका यादव राजनीतिसँगै समाज सेवा क्षेत्रमा समेत उत्तिकै योगदान गर्दै आएका थिए । 
    विद्यार्थी अवस्थादेखी नै काँग्रेस राजनीतिमा होमिएका यादव कैयौं पटक विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग आन्दोलनका क्रममा पक्राउ परी सँगै जेल जिवन बिताएका थिए । हनुमाननगर जेल ब्रेकमा समेत उनी सहभागि थिए । 
    आन्दोलनकै क्रममा उनले अनेकौं पटक भारतको निर्मली र दरभंगासम्म पुगेर राणाशासन र पंचायती व्यवस्था बिरुद्धको पर्चा, पम्प्लेट छपाएर ल्याउने र यस क्षेत्रमा बितरण गर्ने गरेका थिए । सो बारे प्रहरीले पत्ता लगाएपछी पक्राउ गर्न खोज्दा झण्डै १५ वर्षसम्म सीमावर्ती भारतीय क्षेत्रमा बसेर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सघाउने काम उनले गरेका थिए । 
    उनी २०४९ सालमा उक्त पालिकाको तत्कालिन वडा नं. ९ मा सर्वाधिक मत ल्याई नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछी क्षेत्र र जिल्ला कमिटिको विभिन्न पदमा रहनुका साथै महासमिति र महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी सम्हालेका थिए । 
    उनको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र अपूरणीय क्षति पुगेको स्थानीयवासीको भनाई छ । उनको निधनले परिवारमात्र नभई उनका गाउँले र शुभचिन्तक सबै शोकमा डुबेको राजगढ गाउँका बासिन्दाहरुले जनाएका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदरसामा कार्यरत शिक्षकहरुलाई  मनपरी ढंगले सरुवा गरेको भन्दै ज्ञापन
मदरसामा कार्यरत शिक्षकहरुलाई  मनपरी ढंगले सरुवा गरेको भन्दै ज्ञापन
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
दुई लाख घुससहित वडा  सचिव मिश्र पक्राउ
दुई लाख घुससहित वडा  सचिव मिश्र पक्राउ
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
कोशी कोलोनीमा सडक बन्ने
कोशी कोलोनीमा सडक बन्ने
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार