दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
अदालतबाट कैद सजाय तोकी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट खटेको प्रहरी टोलीले सप्तरी जिल्ला अदालतबाट चोरी र लागुऔषध मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चोरी मुद्दाका सप्तरीको बोदेबरसाईन नगरपालिका ५ का खुसरुद्दिन मियाँ छन् । उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले २ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
यस्तै लागुऔषध मुद्दाका फरार प्रतिवादी सोही पालिकाको वडा नम्बर ३ निवासी अमित कुमार साह पनि पक्राउ परेका छन् । सो मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई एक महिना १५ दिन कैद र एक हजार पाँचसय रुपैयाँ जरिवाना तोकेको थियो ।
गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका दुवै जनालाई आईतबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट खटेको प्रहरी टोलीले सप्तरी जिल्ला अदालतबाट चोरी र लागुऔषध मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका दुई जनालाई पक्राउ गरेको हो ।
- पक्राउ पर्नेमा चोरी मुद्दाका सप्तरीको बोदेबरसाईन नगरपालिका ५ का खुसरुद्दिन मियाँ छन् ।
- उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले २ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया