दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
अदालतबाट कैद सजाय तोकी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट खटेको प्रहरी टोलीले सप्तरी जिल्ला अदालतबाट चोरी र लागुऔषध मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चोरी मुद्दाका सप्तरीको बोदेबरसाईन नगरपालिका ५ का खुसरुद्दिन मियाँ छन् । उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले २ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
यस्तै लागुऔषध मुद्दाका फरार प्रतिवादी सोही पालिकाको वडा नम्बर ३ निवासी अमित कुमार साह पनि पक्राउ परेका छन् । सो मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई एक महिना १५ दिन कैद र एक हजार पाँचसय रुपैयाँ जरिवाना तोकेको थियो ।
गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका दुवै जनालाई आईतबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट खटेको प्रहरी टोलीले सप्तरी जिल्ला अदालतबाट चोरी र लागुऔषध मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका दुई जनालाई पक्राउ गरेको हो ।
- पक्राउ पर्नेमा चोरी मुद्दाका सप्तरीको बोदेबरसाईन नगरपालिका ५ का खुसरुद्दिन मियाँ छन् ।
- उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले २ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया