भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड

राजविराज राजविराज
|
बुधबार, आषाढ ८, २०७९
|
|
३८ पटक हेरिएको
Shares
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड

सारांश

  •     १८ वर्षअघि भारतीय राजदुतावासको सहयोगमा सुरू भई हालसम्म अधुरो रहेको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड दिईएको हो ।
  •       संबिधानसभाका सदस्य तथा नेबि संघका पूर्वअध्यक्ष रन्जित कर्णको पहलमा बुधवार राजविराजमा आयोजना गरिएको “सप्तरी जिल्लाको बिकास” बिषयक सुझाव संकलन कार्यक्रममा सहभागीहरूले यस्तो जोड दिएका हुन ।
  •       सो समयमा भारतिय राजदुतावासको आर्थिक सहयोगमा तत्कालिन जिल्ला बिकास समितिमार्फत थालिएको कन्या छात्रावासको निर्माण कार्य बिचमै रोकिनाले अहिले प्रयोग बिहिन अबस्थामा छ ।

दैनिक समाचारदाता
राजविराज, ८ असार ।
    राजविराजस्थित अधुरो रहेको कन्या छात्रावासलाई पूर्णता दिनु पर्नेमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड यदिएका छन् । 
    १८ वर्षअघि भारतीय राजदुतावासको सहयोगमा सुरू भई हालसम्म अधुरो रहेको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड दिईएको हो । 
    संबिधानसभाका सदस्य तथा नेबि संघका पूर्वअध्यक्ष रन्जित कर्णको पहलमा बुधवार राजविराजमा आयोजना गरिएको “सप्तरी जिल्लाको बिकास” बिषयक सुझाव संकलन कार्यक्रममा सहभागीहरूले यस्तो जोड दिएका हुन । 
    सो समयमा भारतिय राजदुतावासको आर्थिक सहयोगमा तत्कालिन जिल्ला बिकास समितिमार्फत थालिएको कन्या छात्रावासको निर्माण कार्य बिचमै रोकिनाले अहिले प्रयोग बिहिन अबस्थामा छ । बिधुतिकरण, झ्याल ढोका, रंगरोगन लगायतका करिव २० प्रतिशत काम अझै बाकी रहेको अबस्था छ । 
    निवर्तमान क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्रले त्यसलाई पुर्णता दिएर संचालनमा ल्याउनुपर्ने माँग गरे । उनले सबै मिलेर ठेकेदार तथा भारतिय राजदुतावासमा आबश्यक पहल गर्नुपर्नेमा जोड पनि दिए । 
    संविधानसभा सदस्य रंजु ठाकुरले ठेकेदार पक्षका प्रतिनिधिले निर्माणको क्रममा सामग्रीको मूल्य बढ्दै गएको कारण देखाउदै थप रकम माँग गर्दा नपाएकाले समयमै कन्या छात्रावासलाई पुर्णता दिन नसकिएको लाचारी ब्यक्त गरे बताए । 
    उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष अरूण प्रधानले भारतिय दुतावासको समन्वय र सहयोगको साथै स्थानिय स्तरवाटै पनि सहयोग जुटाएर कन्या छात्रावासलाई अविलम्व पुर्णता दिनुपर्ने बताए । 
    कार्यक्रममा क्याम्पस प्रमुख राजिव कुमार मिश्र, नेपाली काँग्रेसका उपसभापति रामकुमार यादब, जसपाका जिल्ला अध्यक्ष केदार यादब, लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, जसपाका मधेश प्रदेश मुख्य सचिव दिनेश यादब, निर्माण ब्यवसायी संघका अध्यक्ष एनेश्वर दास, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव लगायतले पनि भारतीय लगानीमा संचालित आयोजनाहरूका साथै जिल्लाको समग्र बिकासका लागि महत्वपुर्ण मानिएका अन्य आयोजनाहरू सम्पन्न गराउन सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
समाज परिवर्तनका आन्दोलनमा  युवाहरूलाई पछि पारिएको गुनासो 
समाज परिवर्तनका आन्दोलनमा  युवाहरूलाई पछि पारिएको गुनासो 
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात
प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
डा. केसीको समर्थनमा  चिकित्सकहरुद्वारा सबै सेवा ठप्प

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?