निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
४९ पटक हेरिएको
Shares
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई

सारांश

  •     बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित बिदाई कार्यक्रममा निर्वाचन प्रहरीहरुलाई प्रमाण पत्रसहित बिदाई गरेको हो ।
  •       आयोजि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवाराज पोखरेल, प्रहरी उपरिक्षक गौतम केसी, सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकी, नेपाली सेना बरख गणका गणपति सोवित बहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुलचन्द्र नेउपाने लगायतले निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
  •       फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि जिल्लामा ४ हजार २ सय २२ निर्वाचन प्रहरी भर्ना गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।

    निर्वाचन प्रयोजनका लागि सरकारले भर्ना गरेको निर्वाचन प्रहरीहरुको बिहीबार बिदाई गरेको छ । 
    बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित बिदाई कार्यक्रममा निर्वाचन प्रहरीहरुलाई प्रमाण पत्रसहित बिदाई गरेको हो । 
    आयोजि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवाराज पोखरेल, प्रहरी उपरिक्षक गौतम केसी, सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकी, नेपाली सेना बरख गणका गणपति सोवित बहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुलचन्द्र नेउपाने लगायतले निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदान गरेका थिए । 
    फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि जिल्लामा ४ हजार २ सय २२ निर्वाचन प्रहरी भर्ना गरेको थियो । 
    नर्वाचन प्रहरीको कार्यअवधि ४० दिन रहेको थियो जसअन्तरगत उनीहरुको सेवा सुविधा प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक ३४ हजार ७ सय ७६ प्रदान गरिएको छ । 
    त्यस्तै निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप प्रतिनिर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट ८ सय ४६ का दरले तयारी खर्च उपलब्ध गराएको थियो । प्रतिदिन प्रतिनिर्वाचन प्रहरी ३ सयको दरले चार दिनका लागि एकमुष्ट १ हजार २ सय खाजा खर्च तथा पोसाक समेत पाएका थिए । 
    सरकारले निर्वाचनका लागि मुलुक भर १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । सो भर्नाका लागि १८ वर्ष पुरा भईसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिएका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
अस्पतालको सेवा सुधारको माग  गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
अस्पतालको सेवा सुधारको माग  गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
रेशम चौधरी लगायत ११ जनाको मुद्दा  खारेजीको माँग गर्दै प्रमलाई ज्ञापन
रेशम चौधरी लगायत ११ जनाको मुद्दा  खारेजीको माँग गर्दै प्रमलाई ज्ञापन
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
प्रदेश र राजधानीको नामाकरणमा जुंगाको लडाई
प्रदेश र राजधानीको नामाकरणमा जुंगाको लडाई
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु