राजविराज÷मानव अधिकार, प्रेस स्वतन्त्रता र सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको वापत मनोहरकुमार पोखरेल बैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०७६ बाट सम्मानित भएका छन् ।
शनिवार एक कार्यक्रम बिच प्रदेश १ का नीति आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल तथा पुरस्कारका संस्थापक बैद्यनाथ झा र सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पोखरेललाई सम्मानित गरेका हुन् ।
राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित समारोहमा स्व. प्रकाश काफ्लेको २७ औ स्मृति दिवसको अवसरमा पोखरेललाई दोसल्ला ओढाएर पुरस्कारस्वरुप तीन हजार पाँच सय पाँच रुपियाँ तथा सम्मान–पत्र प्रदान गरिएको पुरस्कार कोषका अध्यक्ष बैद्यनाथ झाले बताए ।
कार्यक्रममा प्रदेश सांसद गोबिन्द न्यौपानेले प्रेस स्वतन्त्रता र मानवअधिकारको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकताको वकालत गर्दै विभिन्न राजनीतिक दल, पेशा र समुदायलाई एकताबद्ध बनाउन उनले खेलेको मध्यस्थकर्ता र नेतृत्वदायी भूमिकाको प्रशंशा गरे ।
नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा चार वर्षदेखि सप्तरीमा मानव अधिकार र सामाजिक न्यायमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिँदै आएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अबधेश झा, जिल्ला वार ईकाई सप्तरी अध्यक्ष डोमन साह, नागरिक समाजका थानसिंह भंसाली लगायतले मन्तव्य दिएका थिए ।
सम्मानित पोखरेल मानवअधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि तीन दशकदेखि सप्तरी जिल्लालाई कर्मथलो बनाउँदै अन्याय र उत्पीडनविरुद्ध कटिबद्ध भई मानवअधिकारका समसामयिक विषयका साथै आधारभूत तहका जनताको अधिकारका सवालमा कलम चलाउदै आएका छन् ।
इन्सेक प्रतिनिधिका रुपमा तीन पटक सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कारसहित सम्मानित पोखरेल २०४६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै दलित, महिला, बालबालिका र उत्पीडितहरुमा जागरण ल्याउन हरसम्भव प्रयास गर्दै पछाडि परेका वर्गको आर्थिक, सामाजिक सुरक्षाका साथै न्याय प्राप्तिका लागि निरन्तर संघर्षरत रहेका छन् ।
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारवाट मनोहर सम्मानित
सारांश
- कार्यक्रममा प्रदेश सांसद गोबिन्द न्यौपानेले प्रेस स्वतन्त्रता र मानवअधिकारको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकताको वकालत गर्दै विभिन्न राजनीतिक दल, पेशा र समुदायलाई एकताबद्ध बनाउन उनले खेलेको मध्यस्थकर्ता र नेतृत्वदायी भूमिकाको प्रशंशा गरे ।
- नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा चार वर्षदेखि सप्तरीमा मानव अधिकार र सामाजिक न्यायमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिँदै आएको छ ।
- सो अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अबधेश झा, जिल्ला वार ईकाई सप्तरी अध्यक्ष डोमन साह, नागरिक समाजका थानसिंह भंसाली लगायतले मन्तव्य दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया