र्दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
मेलम्ची खानेपानी आयोजना बालाजुमा कामदारको रुपमा कार्यरत दाजुभाईको शुक्रबार दुर्घटनाका क्रममा मृत्यु भएपछि अहिले सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपट्टी शोकमा डुबेको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका २ कनकपट्टी गाउँका रामविलाश साहका दुवै छोरा २० बर्षिय सुरेश र १८ बर्षिय शिवकान्तको सोही आयोजनामा काम गर्दै गर्दा शुक्रबार दुर्घटनामा परी ज्यान गएपछि गाउँ शोकमग्न भएको हो ।
बैदेशिक रोजगारीमा जान खर्च जुटाउन दश दिन अघि मात्र ती दाजुभाई बुवासँगै मजदुरीका लागी काठमाडौं गएका थिए । बालाजुमा आयोजनाको टयांकी सफा गर्ने क्रममा निसास्सिएर शिवकान्त र सुरेशको ज्यान गएको थियो ।
बुवा रामविलाश र आमा रामबत्तीको सन्ताको नाममा दुई मात्र छोराको अकालमै ज्यान गएपछि उनको घर र सिंगो टोल शोकमग्न छ ।
टयांकीको ढलान खोल्न सुरुमा सुरेस पाईप भित्र पसेका थिए उनी भित्रै ढलेपछि उद्वार गर्न गएका उनका भाई शिवकान्त पनि भित्रै ढलेको उनका बुबा रामविलासले बताए ।
दुबै छोरा ट्यांकी भित्र ढलेको देखेर बुबा रामविलाशले हो हल्ला गरेपछि जम्मा भएका स्थानिय, प्रहरी र डोजरको सहयोगमा उद्वार गरी दुवै छोरालाई महराजगंज शिक्षण अस्पताल पु¥याए तर, चिकितसकले दुवैलाई मृत घोषणा ग¥यो ।
मृतका बुबा रामविलासले सासै फेर्न नसकिने जोखिम पूर्ण ठाउँमा आयोजनाका सुपरभाईजर अमृत सरले सिकारु दुवै छोरालाई पसाए जानाजानी ज्यान लिएको गुनासो पोखे ।
यता शोक मनाउन तथा घटनाको छानविन र मृतक परिवारलाई क्षतिपुर्ती दिलाउन दवाव स्वरुप कनकपट्टी बजार र विद्यालय बन्द गरिएको स्थानिय व्यवसायी तेज नारायण चौधरीले बताए ।
बालाजुस्थित सो आयोजनामा रामविलाश भने दुई महिना अघि देखि नै काम गर्दै आएका थिए । आईएड पढ्दै गरेका जेठा छोरा सुरेश र कान्छो छोरा शिवकान्त यसै पल्ट एसइई परिक्षा पास गरेका हुन् ।
रामविलासका दुवै छोरा रोजगारीका लागी विदेश जाने तयारीमा थिए । भिसा नआएकाले तत्काल आवश्यक खर्च जुटाउन केही दिन काठमाडौंमा सँगै काम गर्ने छोराहरुले गरेको आग्रह गरेपछि सुपरभाईजरलाई भनेर काम लगाईदिएको रामबिलाशको भनाई छ ।
दुवै छोराको मृत शरीर घर आईपुगेपछि लाश देखेर आमा रामबत्ती मात्र होईन आफन्तहरुपनि भकाभक बेहोस हुन थाले । उनीहरुलाई सम्हाल्न छिमेकी र गाउँलेहरुलाई हम्मे हम्मे परेको थियो । आईतबार विहान गाउँभरी चुलो बलेन । कसैले केही खाएनन् ।
यस्तै स्थानिय समाजसेवी एवं राजपाका केन्द्रिय सदस्य दिनेश कुमार यादवले दुखद घटनाका कारण गाउँमा चुलो नबलेको बताए । उनले दुखदायी घटनाका जिम्मेबार सुपरभाईजर माथि छानविन र कार्यवाही तथा मृतक परिवारलाई सरकारले उचित क्षतिपुर्ति दिनु पर्ने माग समेत गरे ।
शनिबारराती दाजुभाईको शव घर पुगेपछि आईतबारै हिंन्दु धर्म संस्कार अनुसार एउटै चितामा अन्त्येष्टी गरिएको छ ।
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
सारांश
- जिल्लाको शम्भुनाथ नगरपालिका २ कनकपट्टी गाउँका रामविलाश साहका दुवै छोरा २० बर्षिय सुरेश र १८ बर्षिय शिवकान्तको सोही आयोजनामा काम गर्दै गर्दा शुक्रबार दुर्घटनामा परी ज्यान गएपछि गाउँ शोकमग्न भएको हो ।
- बैदेशिक रोजगारीमा जान खर्च जुटाउन दश दिन अघि मात्र ती दाजुभाई बुवासँगै मजदुरीका लागी काठमाडौं गएका थिए ।
- बालाजुमा आयोजनाको टयांकी सफा गर्ने क्रममा निसास्सिएर शिवकान्त र सुरेशको ज्यान गएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया