दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
३९ औ स्थापना दिवस अवसरमा ह्यापिल्याण्ड सेकेण्ड्री स्कुल राजविराजले सोमबार सप्तरीको शम्भुनाथ नगरपालिकास्थित बोधीदेवी दलित जनता प्राथमिक विद्यालयका छात्र–छात्राहरुलाई शैक्षिक सामग्रीहरु बितरण गरेको छ ।
शम्भुनाथ नगरपालिका वडा नं. ३ का अध्यक्ष शत्रुधन प्रसाद चौधरीको अध्यक्षता तथा ह्यापील्याण्डका संस्थापक पुष्प सिटौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका छात्र–छात्राहरुलाई सो शैक्षिक सामग्रीहरु बितरण गरिएको हो ।
दलित शिक्षकद्वारा दलित छात्र–छात्राहरुलाई पठन पाठन गराईरहेको हुदा उक्त विद्यालय छनोट गरी छात्र–छात्राहरुलाई पढाईमा मनोवल बढ्ने उद्देश्यले शैक्षिक सामाग्रि बितरण गरिएको ह्यापिल्याण्डका संस्थापक सिटौलाले बताए ।
विद्यालयका एक सय जना छात्र छात्राहरुलाई कपी, डट, पेन्सील, लेजर र विस्कुट लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको बौधी देवी विद्यालयका प्रधानाध्यापक गोसाई पासवानले बताए ।
सो अवसरमा ह्यापील्याण्डका प्रिन्सिपल बिजयानन्द झा, शिक्षक विजय मेहता, देवेन्द« सुवेदी, लगायतको उपस्थिति रहेको थियो ।
ह्यापिल्याण्डद्वारा दलित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि बितरण
सारांश
- शम्भुनाथ नगरपालिका वडा नं.
- ३ का अध्यक्ष शत्रुधन प्रसाद चौधरीको अध्यक्षता तथा ह्यापील्याण्डका संस्थापक पुष्प सिटौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका छात्र–छात्राहरुलाई सो शैक्षिक सामग्रीहरु बितरण गरिएको हो ।
- दलित शिक्षकद्वारा दलित छात्र–छात्राहरुलाई पठन पाठन गराईरहेको हुदा उक्त विद्यालय छनोट गरी छात्र–छात्राहरुलाई पढाईमा मनोवल बढ्ने उद्देश्यले शैक्षिक सामाग्रि बितरण गरिएको ह्यापिल्याण्डका संस्थापक सिटौलाले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया