रथयात्राको भब्य तयारी हुँदै

राजविराज राजविराज
|
मंगलबार, पौष २, २०८१
|
|
३१ पटक हेरिएको
Shares
रथयात्राको भब्य तयारी हुँदै

सारांश

  •     तेश्रो संस्करणको रथयात्रा राजविराज ७ स्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुने पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष हितेश यादवले जानकारी दिए ।
  •       श्रीमद्भागवत कथा एवं जगन्नाथ रथयात्रा २०८१ का मुल आयोजक श्रीकृष्णभक्त मंडल सप्तरी तथा इस्कान राजविराजले विगत तीन वर्ष देखी राजविराजमा निकालिने जगन्नाथ रथयात्रामा हजारौ भक्तजनको सहभागिता हुने गरेको छ ।
  •       श्रीकृष्णभक्त मंडल र इस्कान नामक धार्मिक संस्थाले लक्ष्मी नारायण राधाकृष्ण मन्दिर समितीको समन्वयमा रथयात्रा महोत्सवको रुपमा मनाउन थालेको हो ।

दैनिक समाचारदाता
राजविराज, २ पुस ।

    पुस १३ गते शनिवार विहान श्रीजगन्नाथ रथयात्रा निकालिने भएको छ । यस सम्बन्धी मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । 
    तेश्रो संस्करणको रथयात्रा राजविराज ७ स्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुने पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष हितेश यादवले जानकारी दिए । 
    श्रीमद्भागवत कथा एवं जगन्नाथ रथयात्रा २०८१ का मुल आयोजक श्रीकृष्णभक्त मंडल सप्तरी तथा इस्कान राजविराजले विगत तीन वर्ष देखी राजविराजमा निकालिने जगन्नाथ रथयात्रामा हजारौ भक्तजनको सहभागिता हुने गरेको छ । 
    श्रीकृष्णभक्त मंडल र इस्कान नामक धार्मिक संस्थाले लक्ष्मी नारायण राधाकृष्ण मन्दिर समितीको समन्वयमा रथयात्रा महोत्सवको रुपमा मनाउन थालेको हो । 
    विगत भन्दा फरक र अझ भब्यरुपमा रथयात्रा निकाल्ने तयारी भएको सो अवसरमा कोषाअध्यक्ष दिपक भगतले जानकारी गराए । रथयात्रा व्यवस्थापन समितिका संयोजक अमित नायकले रथयात्रामा राजविराज आसपासका पालिका सहित सीमावर्ती भारतीय बजारबाट पनि ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएको बताए । 
    गत वर्ष १५ हजारको सहभागिता रहेकोमा यस पल्ट त्यसको दोब्बर ३० हजार देखी ३२ हजार सम्म भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको उनको भनाई थियो । 
    रथयात्रा अघि पुष ५ गते शुक्रवार कलश यात्रा र प्रसिद्ध कथाबाचक रामानुज दासजी महाराजद्वारा श्रीमदभागवत कथावाचन कार्यक्रम प्रारम्भ हुने श्रीलक्ष्मी नारायण राधाकृष्ण मन्दिरका मूलपुजारी रत्नेश्वर झाले बताए । 
    यस्तै पुष ११ गते विहीवार कथा विराम र पुष १३ गते शनीवार रथयात्रा तथा महापं्रसाद वितरण को कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा भागवत कथा आयोजन समितिका संयोजक निरज प्रसाद साहले जानकारी दिए । पत्रकार सम्मेलनमा वडासदस्य रामानन्द देव, समाजसेवी विरेन्द्र गुप्ता, किशोर कुमार यादव केसी लगायतले पनि कार्यक्रमको महत्व र तयारी बारे जानकारी गराएका थिए । भगवान सवार रथयात्राको दर्शन गरेमा वा रथयात्राको डोरी छोएमा मात्रै पनि मनोकाँक्षा पुरा हुने विश्वास रहेकोले प्रत्येक वर्ष रथयात्रामा सहभागी हुने भक्तजनको संख्या बढदै गएको आयोजकको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्निपीडितलाई  राहत प्रदान
अग्निपीडितलाई  राहत प्रदान
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ
गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ
पहिलो पटक बिजुलीबत्ति बलेपछि गाउवासी हर्षित  
पहिलो पटक बिजुलीबत्ति बलेपछि गाउवासी हर्षित  
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ