सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह

राजविराज राजविराज
|
मंगलबार, आषाढ १५, २०७८
|
|
४९ पटक हेरिएको
Shares
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह

सारांश

  •     धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं.
  • ४ स्थित खेतमा धान रोपेर सो दिवस मनाइएको हो ।
  •       धान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधि मैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, बलानबिहुल गाउँपालिका र बोदेबरसाइन नगरपालिकामा मंगलबार १८औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
    धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ स्थित खेतमा धान रोपेर सो दिवस मनाइएको हो । 
    धान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधि मैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
    कृषकलाई सहुलियत दिन गाउँपालिकाले विगत बर्षहरुदेखि नै धान, गहुँ, मकै, सर्सों लगायतको बालीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको बताअस्उँदै कृषकलाई आत्मनिर्भर बनाएमात्र समृद्धि ल्याउन सकिनेमा जोड दिए ।
    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले कृषि कर्मलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै गाउँपालिकाले विगत बर्षहरुदेखि नै कृषकलाई विभिन्न किसीमले सुविधाहरु प्रदान गर्दै आईरहेको र आगामी दिनमा पनि सहुलियत दिने कार्य जारी रहने प्रतिबद्धता जनाए ।
    यस्तै मंगलबारै जिल्लाको बलानबिहुल र बोदेबरसाईनमा पनि धान दिवस मनाईएको छ । बलान बिहुल गाउपालिका ५ स्थित रामनगरमा किसानहरूले धान रोपी, दही, च्युरा खाएर धान दिवस मनाईएको हो ।
    सो अवसरमा बलान बिहुल गाउपालिका अध्यक्ष दयानन्द गोईतेले किसानलाई कृषि तर्फ आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । कृषि ज्ञान केन्द्र र साना सहकारी संस्था लि. को संयोजनमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र राजबिराजका प्रमुख राजेन्द्र प्रसाद यादबले कृषीलाई ब्यवसायीकरण गर्न सिचाईमा जोड दिनुपर्ने बताए । 
    सप्तरीमा ६३ प्रतिशत खेती योग्य जमिन रहेकोले सिंचाई अभावका कारण सिंचाई संरचनामा पानी नआउदाँ खेती हुन नसकेको उनको भनाई थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिले वडा सदस्यको घर खरानी 
आगलागिले वडा सदस्यको घर खरानी 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
कोरोना संक्रमणबाट  सप्तरीका दुई जनाको मृत्यु
कोरोना संक्रमणबाट  सप्तरीका दुई जनाको मृत्यु
सप्तरीमा संचालित सडक निर्माण  योजनालाई गति प्रदान गर्ने निर्णय
सप्तरीमा संचालित सडक निर्माण  योजनालाई गति प्रदान गर्ने निर्णय
लागुऔषध गाजासहित एक पक्राउ
लागुऔषध गाजासहित एक पक्राउ
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?