सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह

राजविराज राजविराज
|
मंगलबार, आषाढ १५, २०७८
|
|
७० पटक हेरिएको
Shares
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह

सारांश

  •     धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं.
  • ४ स्थित खेतमा धान रोपेर सो दिवस मनाइएको हो ।
  •       धान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधि मैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, बलानबिहुल गाउँपालिका र बोदेबरसाइन नगरपालिकामा मंगलबार १८औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
    धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ स्थित खेतमा धान रोपेर सो दिवस मनाइएको हो । 
    धान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधि मैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
    कृषकलाई सहुलियत दिन गाउँपालिकाले विगत बर्षहरुदेखि नै धान, गहुँ, मकै, सर्सों लगायतको बालीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको बताअस्उँदै कृषकलाई आत्मनिर्भर बनाएमात्र समृद्धि ल्याउन सकिनेमा जोड दिए ।
    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले कृषि कर्मलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै गाउँपालिकाले विगत बर्षहरुदेखि नै कृषकलाई विभिन्न किसीमले सुविधाहरु प्रदान गर्दै आईरहेको र आगामी दिनमा पनि सहुलियत दिने कार्य जारी रहने प्रतिबद्धता जनाए ।
    यस्तै मंगलबारै जिल्लाको बलानबिहुल र बोदेबरसाईनमा पनि धान दिवस मनाईएको छ । बलान बिहुल गाउपालिका ५ स्थित रामनगरमा किसानहरूले धान रोपी, दही, च्युरा खाएर धान दिवस मनाईएको हो ।
    सो अवसरमा बलान बिहुल गाउपालिका अध्यक्ष दयानन्द गोईतेले किसानलाई कृषि तर्फ आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । कृषि ज्ञान केन्द्र र साना सहकारी संस्था लि. को संयोजनमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र राजबिराजका प्रमुख राजेन्द्र प्रसाद यादबले कृषीलाई ब्यवसायीकरण गर्न सिचाईमा जोड दिनुपर्ने बताए । 
    सप्तरीमा ६३ प्रतिशत खेती योग्य जमिन रहेकोले सिंचाई अभावका कारण सिंचाई संरचनामा पानी नआउदाँ खेती हुन नसकेको उनको भनाई थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
दाइजो कुप्रथा मानव सभ्यताको क्यानसर सिद्ध हुदै 
सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि
सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि
मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह 
मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह 
परीक्षा हलमा मोबाइल भेटिए जफत तथा विद्यार्थी निष्काशनमा पर्ने
परीक्षा हलमा मोबाइल भेटिए जफत तथा विद्यार्थी निष्काशनमा पर्ने
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
प्रदेश र राजधानीको नामाकरणमा जुंगाको लडाई
प्रदेश र राजधानीको नामाकरणमा जुंगाको लडाई

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी