विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट

राजविराज राजविराज
|
बिहिबार, माघ १२, २०७९
|
|
६९ पटक हेरिएको
Shares
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल बिद्युत प्राधिकरण राजविराज बितरण केन्द्रका कर्मचारीहरुको संयुक्त टोलीले जिल्लाको बोदेबरसाइन नगरपालिका, विष्णुपुर गाउँपालिका, छिननमस्ता गाउँपालिका र बलान बिहुल गाउँपालिकाबाट १६ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
  •       बिद्युतको पोलबाट हुक लगाएर बिद्युत चुहावट गरेको भन्दै ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई बिद्युत नियम बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       यस्तै प्रहरीले लागु औषध सम्बन्धी जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ माघ । 

    सप्तरी प्रहरीले विद्युत चुहावट गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ भने लागु औषध सम्बन्धी जनचेतामूलक कार्यक्रम सम्पन्न गरेको छ । यस्तै प्रहरीले गाँजाको बोटहरु पनि नष्ट गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल बिद्युत प्राधिकरण राजविराज बितरण केन्द्रका कर्मचारीहरुको संयुक्त टोलीले जिल्लाको बोदेबरसाइन नगरपालिका, विष्णुपुर गाउँपालिका, छिननमस्ता गाउँपालिका र बलान बिहुल गाउँपालिकाबाट १६ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । 
    बिद्युतको पोलबाट हुक लगाएर बिद्युत चुहावट गरेको भन्दै ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई बिद्युत नियम बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै प्रहरीले लागु औषध सम्बन्धी जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको कंचनरुप नगरपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, सुरुङ्गा नगरपालिका लगायतमा समुदायस्तरमा उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरेको हो । 
    यसैगरि प्रहरीले जिल्लाको राजगढ गाउँपालिका ३ स्थित सुब्बा यादव र भागवत यादवको घरमा लगाइएको लागु औषध गाजाको ६५ वटा बोट फडान गरि आगो लगाई नष्ट गरेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना
शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना
चिसोका कारण थप चार दिन विद्यालय बन्द 
चिसोका कारण थप चार दिन विद्यालय बन्द 
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
धर्तीपुत्र रोईरहेको छ,  उत्पादित धनको मुल्य निर्धारण भएन
अध्यक्षले दस्तखत किर्ते गरि  रकम झिकेको भन्दै  कोषाध्यक्षद्वारा प्रहरीमा उजुरी
अध्यक्षले दस्तखत किर्ते गरि  रकम झिकेको भन्दै  कोषाध्यक्षद्वारा प्रहरीमा उजुरी
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण