चिसोका कारण थप चार दिन विद्यालय बन्द 

राजविराज राजविराज
|
शनिबार, माघ १२, २०८१
|
|
४५ पटक हेरिएको
Shares
चिसोका कारण थप चार दिन विद्यालय बन्द 

सारांश

  •     राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले शुक्रबार एक सूचना जारि गरि माघ १३ देखी १५ गतेसम्म नगर क्षेत्र भित्रका सम्पूर्ण संस्थागत तथा निजि विद्यालयहरु बन्द रहने जनाइएको छ ।
  •       जारि सूचनामा “बढ्दै गइरहेको जाडो एवं शीतलहरका कारण विद्यालयहरुमा अध्यनरत बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै माघ १३ देखी १५ सम्म र १८ गते शुक्रबार गरि चार दिन विद्यालयका प्रशासनिक कामकाज बाहेक सम्पूर्ण शैक्षिक क्रियाकलाप स्थगित गरिएको छ ।
  • ” उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १० माघ ।

    विगत पाँच दिनदेखी सितलहर, बाक्लो हुस्सु तथा हावाका कारण बढेको अत्यधिक चिसोले जनजीवन कष्टकर बन्दै जादा राजविराजका सम्पूर्ण विद्यालयहरुमा थप चार दिन बिदा दिइएको छ । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले शुक्रबार एक सूचना जारि गरि माघ १३ देखी १५ गतेसम्म नगर क्षेत्र भित्रका सम्पूर्ण संस्थागत तथा निजि विद्यालयहरु बन्द रहने जनाइएको छ । 
    जारि सूचनामा “बढ्दै गइरहेको जाडो एवं शीतलहरका कारण विद्यालयहरुमा अध्यनरत बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै माघ १३ देखी १५ सम्म र १८ गते शुक्रबार गरि चार दिन विद्यालयका प्रशासनिक कामकाज बाहेक सम्पूर्ण शैक्षिक क्रियाकलाप स्थगित गरिएको छ ।” उल्लेख छ । 
    सूचनामा ती बिदाहरु वार्षिक बिदामा मिलान गर्ने गरि प्याबशन, एनप्याबशन र नेपाल प्याबशन सप्तरी समेतलाई बोदार्थ गरिएको छ । 
    यता विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको हावाका कारण चिसो बढ्दा जनजीवन झनै कष्टकर बनेको हो । विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ । 
    चिसोबाट अति विपन्न, असहाय र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी मारमा परेका छन । अत्यधिक चिसोका कारण यहाँका विभिन्न अस्पतालमा विरामीको चाप समेत बढेको छ ।
    चिसोकै कारण मंगलबार बिहान जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का ५५ वर्षिय भुटाई साहको मृत्यु भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
कारागारमा असुरक्षित छु ः कैदी यादव 
कारागारमा असुरक्षित छु ः कैदी यादव 
लागु औषधसहित तीन पक्राउ
लागु औषधसहित तीन पक्राउ
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र