बिचौलियारहित सेवा प्रवाहलाई प्राथमिकतामा  राखेर काम गर्छु ः प्रजिअ थापा

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, आषाढ ९, २०८३
|
|
१३७ पटक हेरिएको
Shares
बिचौलियारहित सेवा प्रवाहलाई प्राथमिकतामा  राखेर काम गर्छु ः प्रजिअ थापा

सारांश

  • जिल्ला स्थित सरकारी कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवालाई बिचौलिया रहित बनाउनुका साथै आमजनताको दैनिक कामकाज सहज र सरल बनाउन आफुले काम गर्ने बताएका हुन् ।
  • एक साता अघि मात्रै जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर आएका थापाले मंगलबार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा जिल्लाको समग्र अवस्थाबारे पत्रकारहरुसंग सुझाव लिदै यस्तो बताएका हुन् ।
  • चुस्त दुरुस्त सेवा प्रवाहका लागि कार्यालय प्रमुखहरुको बैठकमा छलफल भएको भन्दै उनले कार्यालयहरुबाट हुने सेवाप्रवाह बारे जनताको कुनैपनि गुनासो जिल्ला प्रशासन कार्यालयमा नआउने गरि काम गर्न उनीहरुलाई निर्देशन भईसकेको जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, ९ असार । 
सप्तरीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जिल्लामा बिचौलिया रहित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
जिल्ला स्थित सरकारी कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवालाई बिचौलिया रहित बनाउनुका साथै आमजनताको दैनिक कामकाज सहज र सरल बनाउन आफुले काम गर्ने बताएका हुन् ।
एक साता अघि मात्रै जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर आएका थापाले मंगलबार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा जिल्लाको समग्र अवस्थाबारे पत्रकारहरुसंग सुझाव लिदै यस्तो बताएका हुन् ।
चुस्त दुरुस्त सेवा प्रवाहका लागि कार्यालय प्रमुखहरुको बैठकमा छलफल भएको भन्दै उनले कार्यालयहरुबाट हुने सेवाप्रवाह बारे जनताको कुनैपनि गुनासो जिल्ला प्रशासन कार्यालयमा नआउने गरि काम गर्न उनीहरुलाई निर्देशन भईसकेको जानकारी दिए ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्नु आफ्नो दायित्व भित्रको काम भएकाले जनताको जिउ धनको सुरक्षामा कुनै समझौता नहुने स्पष्ट पारे ।
राजविराजको बसपार्क सञ्चालन, ट्राफिक व्यस्थापन, बजार व्यवस्थापन, सार्वजनिक जग्गा अतिक्रम, अवैध मदिरा पसल सञ्चालन, लागुऔषधको कारोबार, अवैध औषधी पसल सञ्चालन लगायतका समस्याहरु जिल्लामा रहेको पत्रकारहरुले राखेका समस्याहरु सुनेपछि जवाफ दिदै प्रजिअ थापाले पत्रकारहरुबाट आएको समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता जनाए ।
उनले कतिपय कामका लागि स्थानिय सरकारसंग समन्वय गरेर भएपनि आफुले समस्याहरुको न्यूनिकरणका लागि हरसम्भव प्रयास गर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवले सप्तरीमा प्रशासनसंग पत्रकारको सधै राम्रो सम्बन्ध रहेको भन्दै जिल्लाको समस्या समाधानमा यहाँका पत्रकारहरुले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले पत्रकारहरुलाई सूचना, सम्मान र सुरक्षाको प्रत्याभूती गराउन पनि प्रजिअ थापालाई आग्रह गरे ।
जिल्लामा पत्रकारको नाममा विकृती फैलाउनेहरुलाई पनि निरुत्साहित गर्नुपर्ने भन्दै अध्यक्ष देवले त्यतातिर पनि प्रजिअ थापाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
जनज्योतीको १३औं साधारण सभा सम्पन्न, पत्रकार महासंघमा निर्वाचित पदाधिकारीलाई सम्मान
जनज्योतीको १३औं साधारण सभा सम्पन्न, पत्रकार महासंघमा निर्वाचित पदाधिकारीलाई सम्मान