देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध

राजविराज राजविराज
|
बिहिबार, मंसिर ९, २०७८
|
|
८१ पटक हेरिएको
Shares
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध

सारांश

  •     प्रादेशिक सभा क्षेत्र नं.
  • ३ को क बाट प्रादेशिक क्षेत्रिय सभापतिमा ध्रुबकुमार मण्डल र ख बाट भागवतप्रसाद यादव प्यानलसहित निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
  •     काँग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवको निर्वाचन क्षेत्र समेत रहेको सो क्षेत्रमा सर्वसम्मतीले निर्विरोध चयन सम्भव भएको पार्टीका प्रवक्ता प्रभातकुमार ललनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
    नेपाली काग्रेस सप्तरीको प्रादेशिक सभा क्षेत्रको बिहीबार सम्पन्न अधिवेशनमा क्षेत्र नं. ३ को क र ख मा देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध निर्वाचित भएका छन् । 
    प्रादेशिक सभा क्षेत्र नं. ३ को क बाट प्रादेशिक क्षेत्रिय सभापतिमा ध्रुबकुमार मण्डल र ख बाट भागवतप्रसाद यादव प्यानलसहित निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
    काँग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवको निर्वाचन क्षेत्र समेत रहेको सो क्षेत्रमा सर्वसम्मतीले निर्विरोध चयन सम्भव भएको पार्टीका प्रवक्ता प्रभातकुमार ललनले जानकारी दिए । अन्य क्षेत्रमा भने सहमति हुन नसक्दा बिहीबार निर्वाचन हुने तय भएको छ । 
    यस क्रममा बुधबारै अन्य प्रादेशिक क्षेत्रमा संस्थापन र संस्थापन इतर पक्षले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी डा. रुद्र नारायण शर्माका अनुसार प्रादेशिक सभा, क्षेत्र नं. १ को क बाट प्रादेशिक क्षेत्रिय सभापतिका लागि पर्शुराम चौधरी र कृष्ण ढकाल तथा ख बाट मुरली खिरहरी तथा उमेश मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । 
    यस्तै प्रादेशिक सभा क्षेत्र २ को प्रादेशिक क्षेत्रिय सभापतिका लागि सतिशचन्द्र झा (मदन) र श्याम यादव तथा ख बाट महेन्द्र यादव र एनेश्वर दासले उम्मेदवारी दर्ता गराएका छन् । 
    प्रादेशिक सभा क्षेत्र नं. ४ मा भने संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच केही विवाद देखिएकाले हाल अधिवेशन हुन नसकेको र विवाद समाधान गरि छिटै अधिवेशन गर्ने तयारी भइरहेको नेपाली काँग्रेस सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशका जनता कृषिमा निर्भर नभएसम्म  समृद्ध प्रदेश हुन सक्दैन्् ः मन्त्री साह   
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
विदेशमा श्रम गरेर कमाएको पैसा  ठगी भएपछि परिवारै विचल्लीमा
विदेशमा श्रम गरेर कमाएको पैसा  ठगी भएपछि परिवारै विचल्लीमा
तरुण दलले मनाए स्थापना दिवस
तरुण दलले मनाए स्थापना दिवस
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको  रिहाको माग गर्दै प्रदर्शन
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको  रिहाको माग गर्दै प्रदर्शन
आन्तरिक राजश्व कार्यालय स्थापनाको  माग गर्दै रिले अनसन सुरु
आन्तरिक राजश्व कार्यालय स्थापनाको  माग गर्दै रिले अनसन सुरु