संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य

राजविराज राजविराज
|
सोमबार, भाद्र ९, २०७६
|
|
७३ पटक हेरिएको
Shares
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवनमा आइतबार आयोजित न्युनतम पारिश्रमिक निर्धारण समितिद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अहिले पनि संचारकर्मीहरुले काठमाडौं केन्द्रित संचारग्राममै धाउनु पर्ने बाध्यता रहेको बताए  ।
  •     आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले देशमा राजनीतिक संक्रमणको अन्त्य भएपनि संचारक्षेत्र भित्र अझै संघीयता आईनसकेको भन्दै पत्रकारहरुको सुझावलाई आधार बनाएर अझ सशक्त भएर प्रस्तुत हुने बताए ।
  •       उनले समानुपातिक विज्ञापन लागु गर्न महासंघकै दबाब स्वरुप एक दुई महिनाभित्रै समानुपातिक विज्ञापन प्राधिकरण गठन भई समानुपातिक ढंगले सबै तहमा बितरण गरिने जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ भदौं । 
    नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले देशमा संघीयता आएपनि संचारक्षेत्रमा संघीयता नआएको आरोप लगाएका छन् । 
    नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवनमा आइतबार आयोजित न्युनतम पारिश्रमिक निर्धारण समितिद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अहिले पनि संचारकर्मीहरुले काठमाडौं केन्द्रित संचारग्राममै धाउनु पर्ने बाध्यता रहेको बताए  ।
    आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले देशमा राजनीतिक संक्रमणको अन्त्य भएपनि संचारक्षेत्र भित्र अझै संघीयता आईनसकेको भन्दै पत्रकारहरुको सुझावलाई आधार बनाएर अझ सशक्त भएर प्रस्तुत हुने बताए । 
    उनले समानुपातिक विज्ञापन लागु गर्न महासंघकै दबाब स्वरुप एक दुई महिनाभित्रै समानुपातिक विज्ञापन प्राधिकरण गठन भई समानुपातिक ढंगले सबै तहमा बितरण गरिने जानकारी दिए । 
    ठूलो विज्ञापन एजेन्सीहरुले केही बिरोध गरे पनि पूर्ण समानुपातिक विज्ञापन नीतिलाई पारित गरेरै छाड्ने भन्दै उनले प्रतिनिधिसभाबाट समानुपातिक बिज्ञापन नीति सम्बन्धमा पास भइसकेकोले सो सभाबाट चाडै पारित हुने प्रतिबद्धता जनाए । 
    त्यस्तै सोही अन्तरक्रियामा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले मोफसलका पत्रिकाले स्थानिय तहका सबै विज्ञापन प्रकाशन गर्ने अधिकार रहेको जानकारी दिए । उनले जिल्लास्थित पत्रिकाहरुले स्थानिय तहलाई सो विज्ञापनका लागि दबाब दिनु पर्ने आवश्कता समेत रहेको जिकिर गरे । 
    उनले स्थानिय तहको विज्ञापन राष्ट्रिय पत्रिकामा प्रकाशित गर्ने कुनै प्रावधान नरहेको भन्दै स्थानिय तहकै कर्मचारीहरुको मिलोमतोमा कमिशनका लागि सो विज्ञापन राष्ट्रिय पत्रिकामा प्रकाशन हुँदै आएको प्रष्ट पारे । उनले यसका लागि महासंघका जिल्ला शाखाहरुले स्थानिय तहलाई दबाब दिनु पर्ने आवश्यकता रहेको उल्लेख छ ।
    सो अवसरमा महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्य अवधेश झा, पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षद्वय विष्णु मण्डल, धिरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार अनिल कुमार अनल, प्रेस काउन्सीलका पूर्व सदस्य देवराम यादव, शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले धारणा राखेका थिए । 
    त्यस्तै समितिलाई संचारकर्मीहरु हेमशंकर सिंह, चन्दनकुमार यादव, नवीनकुमार गुप्ता, माला कर्ण, राजु विश्वकर्मा, ओमप्रकाश साह, सतिश दत्त लगायतले सुझाव समेत दिएका थिए । 
    यसैबीच पत्रकार महासंघका केन्द्रिय अध्यक्ष, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष, केन्द्रिय कोषाध्यक्ष लगायतलाई पाग र गम्छा ओढाएर महासंघका सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले सम्मान गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
मधेशको राजनीतिमा नयाँ तरंग आउने ः फोरम अध्यक्ष यादव
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर