नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान

राजविराज राजविराज
|
बिहिबार, बैशाख २७, २०८१
|
|
१०५ पटक हेरिएको
Shares
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान

सारांश

  •     काँग्रेसका सप्तरी सभापति रामदेव साहले अग्निपीडितहरुका लागि ६ थान ट्युवेल, पाईप र त्यसको जडानमा लाग्ने खर्चसहित वडाध्यक्ष जयकिशोर दासलाई हस्तान्तरण गरेका छन् ।
  •       अग्निपीडितलाई स्वच्छ खानेपानी सहजका साथ उपलब्ध गराउन ट्युवेल वितरण गरिएको सभापति साहले बताए ।
  • उनले अग्निपीडितलाई खाद्यान्न सहितका सामग्री विभिन्न सरकारी तथा गैरसकारी निकायबाट उपलब्ध हुँदै आएको अवस्थामा पार्टीले खानेपानीको आवश्यकतालाई पुर्ति गर्न जडान खर्च सहित ट्युवेलसेट उपलब्ध गराएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 

    नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघ सप्तरीले बिहीबार चिम्टीका अग्निपीडितलाई राहत स्वरुप ट्युवेल, खाद्यान्न र बालबालिकालाई स्टेशनरी प्रदान गरेको छ ।
    काँग्रेसका सप्तरी सभापति रामदेव साहले अग्निपीडितहरुका लागि ६ थान ट्युवेल, पाईप र त्यसको जडानमा लाग्ने खर्चसहित वडाध्यक्ष जयकिशोर दासलाई हस्तान्तरण गरेका छन् । 


    अग्निपीडितलाई स्वच्छ खानेपानी सहजका साथ उपलब्ध गराउन ट्युवेल वितरण गरिएको सभापति साहले बताए । उनले अग्निपीडितलाई खाद्यान्न सहितका सामग्री विभिन्न सरकारी तथा गैरसकारी निकायबाट उपलब्ध हुँदै आएको अवस्थामा पार्टीले खानेपानीको आवश्यकतालाई पुर्ति गर्न जडान खर्च सहित ट्युवेलसेट उपलब्ध गराएको जानकारी दिए ।
    यसैगरी नेपाल विद्यार्थी संघ सप्तरीले अग्निीपीडित ६६ परिवारजनलाई राहत स्वरुप खाद्यन्न सामग्री र बालबालिकालाई स्टेशनरी प्रदान गरेको छ ।
    राहतमा चामल, दाल, खानेतेल, च्युरा, नुन लगायतका सामग्री तथा बालबालिकालाई स्टेशनरी प्रदान गरेको नेविसंघ सप्तरीका सभापति राकेश ठाकुरले जानकारी दिए । 
    बैशाख १८ मा महादेवा गाउँपालिका वडा १ चिम्टीमा भिषण आगलागी हुँदा ६६ परिवारका एक सय भन्दा बढी घर जलेर खरानी भएको थियो ।
    अहिले अग्निपीडितहरुलाई बसोबासको समस्या रहेको स्थानिय वडाध्यक्ष जयकिशोर दासले बताए । प्रति परिवारलाई कम्तिमा पनि पाँच जना सम्म बस्न सकिने ठोस घरको सबै भन्दा बढी खाँचो रहेकोले सहयोगी निकायहरुलाई त्यतातिर ध्यान दिन वडाध्यक्ष दासले आग्रह गरे ।
    राहत वितरण कार्यक्रमा काँग्रेस सप्तरी उपसभापति रामकुमार यादव, सचिव सनत मंडल, युवा नेत ईरसाद अन्सारी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडल, कृष्णासवरण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी लगायतका उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी