नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान

राजविराज राजविराज
|
बिहिबार, बैशाख २७, २०८१
|
|
६८ पटक हेरिएको
Shares
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान

सारांश

  •     काँग्रेसका सप्तरी सभापति रामदेव साहले अग्निपीडितहरुका लागि ६ थान ट्युवेल, पाईप र त्यसको जडानमा लाग्ने खर्चसहित वडाध्यक्ष जयकिशोर दासलाई हस्तान्तरण गरेका छन् ।
  •       अग्निपीडितलाई स्वच्छ खानेपानी सहजका साथ उपलब्ध गराउन ट्युवेल वितरण गरिएको सभापति साहले बताए ।
  • उनले अग्निपीडितलाई खाद्यान्न सहितका सामग्री विभिन्न सरकारी तथा गैरसकारी निकायबाट उपलब्ध हुँदै आएको अवस्थामा पार्टीले खानेपानीको आवश्यकतालाई पुर्ति गर्न जडान खर्च सहित ट्युवेलसेट उपलब्ध गराएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 

    नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघ सप्तरीले बिहीबार चिम्टीका अग्निपीडितलाई राहत स्वरुप ट्युवेल, खाद्यान्न र बालबालिकालाई स्टेशनरी प्रदान गरेको छ ।
    काँग्रेसका सप्तरी सभापति रामदेव साहले अग्निपीडितहरुका लागि ६ थान ट्युवेल, पाईप र त्यसको जडानमा लाग्ने खर्चसहित वडाध्यक्ष जयकिशोर दासलाई हस्तान्तरण गरेका छन् । 

    अग्निपीडितलाई स्वच्छ खानेपानी सहजका साथ उपलब्ध गराउन ट्युवेल वितरण गरिएको सभापति साहले बताए । उनले अग्निपीडितलाई खाद्यान्न सहितका सामग्री विभिन्न सरकारी तथा गैरसकारी निकायबाट उपलब्ध हुँदै आएको अवस्थामा पार्टीले खानेपानीको आवश्यकतालाई पुर्ति गर्न जडान खर्च सहित ट्युवेलसेट उपलब्ध गराएको जानकारी दिए ।
    यसैगरी नेपाल विद्यार्थी संघ सप्तरीले अग्निीपीडित ६६ परिवारजनलाई राहत स्वरुप खाद्यन्न सामग्री र बालबालिकालाई स्टेशनरी प्रदान गरेको छ ।
    राहतमा चामल, दाल, खानेतेल, च्युरा, नुन लगायतका सामग्री तथा बालबालिकालाई स्टेशनरी प्रदान गरेको नेविसंघ सप्तरीका सभापति राकेश ठाकुरले जानकारी दिए । 
    बैशाख १८ मा महादेवा गाउँपालिका वडा १ चिम्टीमा भिषण आगलागी हुँदा ६६ परिवारका एक सय भन्दा बढी घर जलेर खरानी भएको थियो ।
    अहिले अग्निपीडितहरुलाई बसोबासको समस्या रहेको स्थानिय वडाध्यक्ष जयकिशोर दासले बताए । प्रति परिवारलाई कम्तिमा पनि पाँच जना सम्म बस्न सकिने ठोस घरको सबै भन्दा बढी खाँचो रहेकोले सहयोगी निकायहरुलाई त्यतातिर ध्यान दिन वडाध्यक्ष दासले आग्रह गरे ।
    राहत वितरण कार्यक्रमा काँग्रेस सप्तरी उपसभापति रामकुमार यादव, सचिव सनत मंडल, युवा नेत ईरसाद अन्सारी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडल, कृष्णासवरण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी लगायतका उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
न्याय सम्पादन कार्यमा दलित महिला 
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
अपाङता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
अपाङता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
बजाज खडक वारियर्स फाइनलमा
बजाज खडक वारियर्स फाइनलमा