दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वडा नं. १ भारदहस्थित कंकालिनी मन्दिरको प्राङ्गणमा सोसल लाईफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
शिविरमा ४ सय ५७ महिला र ३ सय पुरुष गरी ७ सय ५७ जनाले शिविरबाट सेवा लिएको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।
शिविरमा १ सय ५० देखि २ सय जना सम्मको आँखा परीक्षण गर्ने लक्ष्य राखिएपनि ७ सय ५७ जनाले सेवा लिएको उनले बताए । ती मध्ये १ सय १३ जना मोतियाविन्दुको रोगी फेला परेको र उनीहरुको निःशुल्क अप्रेसन गरिने नगरप्रमुख माझीले जानकारी दिए ।
शिविरमा चौधरी आँखा अस्पताल लहानका चिकित्सकहरुबाट आँखा परीक्षण गरिएको थियो ।
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
सारांश
- वडा नं.
- १ भारदहस्थित कंकालिनी मन्दिरको प्राङ्गणमा सोसल लाईफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
- शिविरमा ४ सय ५७ महिला र ३ सय पुरुष गरी ७ सय ५७ जनाले शिविरबाट सेवा लिएको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया