संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन

सारांश

  •     राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले रिवन काटेर बैंकको राजविराज शाखाको बिधिवत् रुपमा उद्घाटन गरेका हुन् ।
  •     उद्घाटन अवसरमा आयोजित कार्यक्रममा बैंकको प्रदेश २ कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीले राष्ट्र बैंकको निर्देशन बमोजिम प्रादेशिक कार्यलय बर्दिवास खोलेको बताउदै त्यस अन्तर्गत ४३ वटा शाखाबाट बैंक आप्mनो बैंकिङ परिसुची अनुसार अग्रस्थानमा रहेको जानकारी दिए ।
  •     यस्तै राजबिराज नगरपालिका प्रमुख यादबले बैंक बिना उद्योग ब्यवसाय चल्न नसक्ने भएकोले ब्यबसायको हितमा रहेर बैंकले काम गर्नुपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
    केही महिनादेखी संचालनमा रहेको एनआइसी एशिया बैंक राजबिराज शाखाको आइतबार विधिवत् रुपमा उद्घाटन गरिएको छ । 
    राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले रिवन काटेर बैंकको राजविराज शाखाको बिधिवत् रुपमा उद्घाटन गरेका हुन् ।
    उद्घाटन अवसरमा आयोजित कार्यक्रममा बैंकको प्रदेश २ कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीले राष्ट्र बैंकको निर्देशन बमोजिम प्रादेशिक कार्यलय बर्दिवास खोलेको बताउदै त्यस अन्तर्गत ४३ वटा शाखाबाट बैंक आप्mनो बैंकिङ परिसुची अनुसार अग्रस्थानमा रहेको जानकारी दिए ।
    यस्तै राजबिराज नगरपालिका प्रमुख यादबले बैंक बिना उद्योग ब्यवसाय चल्न नसक्ने भएकोले ब्यबसायको हितमा रहेर बैंकले काम गर्नुपर्ने बताए ।
    सोही अवसरमा राजबिराज शाखाका प्रबन्धक मुकेश साहले सप्तरीमा बैंकिङ सेवाका लागि ४ वटा शाखा बिस्तार गरेको जानकारी दिँदै ब्यबसायको हितमा रहेर बैंकले कारोवार गर्ने प्रतिबद्धता जनाए । 
    कार्यक्रममा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरूण प्रधानले ब्यबसायी र बैंकबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । बैंकले मिठो बोल्ने तर, बैंक भित्र पसेपछि ब्यवसायीहरुलाई छटपटाउने गरी ब्याज बढी लिने प्रवृती समेत हावी रहेको हुँदा त्यस्ता कार्यलाई बैंकहरुले अविलम्ब हटाउनु पर्ने उनले बताए । ब्यवसायीमुखी र सेवामुखी बनाई गुणस्तरिय सेवा दिन बैंकले छुटै पहिचान बनाउनुपर्नेमा उनले जोड समेत दिए ।
    सो कार्यक्रममा उपप्रमुख साधना झा, बरिष्ठ पत्रकार शिबहरी भटराई, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादब, पुर्व सभापति बैधनाथ झा, धिरेन्द्र प्रसाद साह, पत्रकार देबराम यादब, गणेशलाल देब लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु