पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट

राजविराज राजविराज
|
सोमबार, बैशाख ९, २०७६
|
|
१०९ पटक हेरिएको
Shares
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट

सारांश

  •     महासंघले सिन्डिकेट खडा गर्दै सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमा “पुस्तक महल” नामक एक अस्थायी पसल संचालन गरेर विद्यार्थी एवं अभिभावकलाई सोही पसलमा पुस्तक खरीद गर्न बाध्य पार्दैछन् ।
  •       ती पसल पनि कुनै निकायमा दर्ता नगराई गैरकानूनी ढंगले संचालनमा ल्याइएको छ ।
  • नगरभरीका ५० हजार भन्दा बढी विद्यार्थी र अभिभावकलाई त्यही पसलबाट मात्र पाठ्यपुस्तक खरिद गर्नु पर्ने बाध्य बनाइएको हो ।

नवीनकुमार गुप्ता
राजविराज, ९ बैशाख । 
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सप्तरीले सिन्डिकेट बनाएर निजी विद्यालयका पाठ्यपुस्तक विक्री गर्दै ब्रह्मलुट गर्दैछन् । जसकारण निजी विद्यालयका विद्यार्थी तथा अभिभावक मारमा परेका छन् । 
    महासंघले सिन्डिकेट खडा गर्दै सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमा “पुस्तक महल” नामक एक अस्थायी पसल संचालन गरेर विद्यार्थी एवं अभिभावकलाई सोही पसलमा पुस्तक खरीद गर्न बाध्य पार्दैछन् । 


    ती पसल पनि कुनै निकायमा दर्ता नगराई गैरकानूनी ढंगले संचालनमा ल्याइएको छ । नगरभरीका ५० हजार भन्दा बढी विद्यार्थी र अभिभावकलाई त्यही पसलबाट मात्र पाठ्यपुस्तक खरिद गर्नु पर्ने बाध्य बनाइएको हो । यता राजविराज नगरपालिका क्षेत्रमा मात्रै ४१ वटा पुस्तक पसलहरु रहेका छन् । तर, अहिले एउटा पनि पुस्तक पसलमा निजि विद्यालयका पुस्तक पाइदैन् । 


    अस्थायी रुपमा संचालनमा आएको सो पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट नदिने संघको कठोर निर्णयले विद्यार्थी र अभिभावक आक्रोसित भएका छन् । 
    जिल्ला भरिकै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले कुनै पनि पुस्तक पसलमा निजी विद्यालयको पाठ्यपुस्तकहरु बिक्री गर्न नपाउने निर्णय समेत गरेको छ । श्रोतका अनुसार कुनै पनि पसल सो निर्णय विपरीत गएमा जरिवाना तथा महासंघको सदस्य समेत खारेज हुन सक्ने जनाइएको छ । 
    विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि महासंघले एकलौटी गरेर विद्यार्थीहरुलाई एक रुपैयाँसम्म छुट नदिएर ब्रह्मलुट मच्चाइरहेको र स्थानीय प्रशासन मुकदर्शक बनेका छन् ।
    यसैबीच जिल्लाका संस्थागत विद्यालयहरुले पाठ्यपुस्तकको विषयसूचि निकालेर सोही पसललाई उपलब्ध गराएको छ । तर, यस सम्बन्धमा एन प्याब्शन सप्तरीका अध्यक्ष बौकु साहले केही पुस्तक व्यवसायीहरु मिलेर सिन्डिकेट खडा गरेकोमा तिब्र असन्तुष्टि र आपत्ति जनाएका छन् । उनले पुस्तक व्यवसायी संघको यस्तो निर्णयले विद्यार्थी र अभिभावक दुबै मारमा परेको तथा यस्ता सिन्डिकेट अविलम्ब हटाउनु पर्ने माँग गरेका छन् ।


    यस्तै अधिवक्ता एवं अभिभावक सुजित पोखरेलले पुस्तकमा सिन्डिकेट लगाएर महासंघले गैरकानुननी क्रियाकलाप गरेको भन्दै यस्ता पसलको दर्ता खारेज गर्नुपर्ने माँग गरे । उनले कमिशनका लागि बजार नियन्त्रणको प्रयास गर्नु गैरकानुनी भएको भन्दै यस्ता गतिविधी रोक्न सरोकारवाला सबै सक्रिय हुनुपर्नेमा जोड समेत दिए । 
    यसबारे पुस्तक व्यवसायी महासंघ सप्तरीका उपाध्यक्ष सकिल अंसारीले पुस्तक व्यवसायीहरुको पेशागत हकहित र सांगठनिक सुदृढताका लागि महासंघले त्यस्तो निर्णय गरेको बताए । 
    यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पाठ्यपुस्तक बिक्रि बितरणमा एकलौटी गरिएको सन्दर्भमा विभिन्न ठाउँबाट गुनासाहरु आएको बताउँदै यसबारे आफूले आवश्यक पहल गर्ने बताएका छन् । 
    पुस्तकमा पाईने मोटो कमिशन एकलौटी गरी एक आपसमा बाँडचुड गर्ने नियतले केही पुस्तक व्यवसायीले संघको आडमा यस्तो खेला गरेको भन्दै स्थानीय विद्यार्थी र अभिभावकले अविलम्ब यस्तो गैरकानूनी कार्य रोक्नुपर्ने माग गरेका छन् ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी