पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट

राजविराज राजविराज
|
सोमबार, बैशाख ९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट

सारांश

  •     महासंघले सिन्डिकेट खडा गर्दै सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमा “पुस्तक महल” नामक एक अस्थायी पसल संचालन गरेर विद्यार्थी एवं अभिभावकलाई सोही पसलमा पुस्तक खरीद गर्न बाध्य पार्दैछन् ।
  •       ती पसल पनि कुनै निकायमा दर्ता नगराई गैरकानूनी ढंगले संचालनमा ल्याइएको छ ।
  • नगरभरीका ५० हजार भन्दा बढी विद्यार्थी र अभिभावकलाई त्यही पसलबाट मात्र पाठ्यपुस्तक खरिद गर्नु पर्ने बाध्य बनाइएको हो ।

नवीनकुमार गुप्ता
राजविराज, ९ बैशाख । 
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सप्तरीले सिन्डिकेट बनाएर निजी विद्यालयका पाठ्यपुस्तक विक्री गर्दै ब्रह्मलुट गर्दैछन् । जसकारण निजी विद्यालयका विद्यार्थी तथा अभिभावक मारमा परेका छन् । 
    महासंघले सिन्डिकेट खडा गर्दै सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमा “पुस्तक महल” नामक एक अस्थायी पसल संचालन गरेर विद्यार्थी एवं अभिभावकलाई सोही पसलमा पुस्तक खरीद गर्न बाध्य पार्दैछन् । 


    ती पसल पनि कुनै निकायमा दर्ता नगराई गैरकानूनी ढंगले संचालनमा ल्याइएको छ । नगरभरीका ५० हजार भन्दा बढी विद्यार्थी र अभिभावकलाई त्यही पसलबाट मात्र पाठ्यपुस्तक खरिद गर्नु पर्ने बाध्य बनाइएको हो । यता राजविराज नगरपालिका क्षेत्रमा मात्रै ४१ वटा पुस्तक पसलहरु रहेका छन् । तर, अहिले एउटा पनि पुस्तक पसलमा निजि विद्यालयका पुस्तक पाइदैन् । 


    अस्थायी रुपमा संचालनमा आएको सो पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट नदिने संघको कठोर निर्णयले विद्यार्थी र अभिभावक आक्रोसित भएका छन् । 
    जिल्ला भरिकै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले कुनै पनि पुस्तक पसलमा निजी विद्यालयको पाठ्यपुस्तकहरु बिक्री गर्न नपाउने निर्णय समेत गरेको छ । श्रोतका अनुसार कुनै पनि पसल सो निर्णय विपरीत गएमा जरिवाना तथा महासंघको सदस्य समेत खारेज हुन सक्ने जनाइएको छ । 
    विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि महासंघले एकलौटी गरेर विद्यार्थीहरुलाई एक रुपैयाँसम्म छुट नदिएर ब्रह्मलुट मच्चाइरहेको र स्थानीय प्रशासन मुकदर्शक बनेका छन् ।
    यसैबीच जिल्लाका संस्थागत विद्यालयहरुले पाठ्यपुस्तकको विषयसूचि निकालेर सोही पसललाई उपलब्ध गराएको छ । तर, यस सम्बन्धमा एन प्याब्शन सप्तरीका अध्यक्ष बौकु साहले केही पुस्तक व्यवसायीहरु मिलेर सिन्डिकेट खडा गरेकोमा तिब्र असन्तुष्टि र आपत्ति जनाएका छन् । उनले पुस्तक व्यवसायी संघको यस्तो निर्णयले विद्यार्थी र अभिभावक दुबै मारमा परेको तथा यस्ता सिन्डिकेट अविलम्ब हटाउनु पर्ने माँग गरेका छन् ।


    यस्तै अधिवक्ता एवं अभिभावक सुजित पोखरेलले पुस्तकमा सिन्डिकेट लगाएर महासंघले गैरकानुननी क्रियाकलाप गरेको भन्दै यस्ता पसलको दर्ता खारेज गर्नुपर्ने माँग गरे । उनले कमिशनका लागि बजार नियन्त्रणको प्रयास गर्नु गैरकानुनी भएको भन्दै यस्ता गतिविधी रोक्न सरोकारवाला सबै सक्रिय हुनुपर्नेमा जोड समेत दिए । 
    यसबारे पुस्तक व्यवसायी महासंघ सप्तरीका उपाध्यक्ष सकिल अंसारीले पुस्तक व्यवसायीहरुको पेशागत हकहित र सांगठनिक सुदृढताका लागि महासंघले त्यस्तो निर्णय गरेको बताए । 
    यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पाठ्यपुस्तक बिक्रि बितरणमा एकलौटी गरिएको सन्दर्भमा विभिन्न ठाउँबाट गुनासाहरु आएको बताउँदै यसबारे आफूले आवश्यक पहल गर्ने बताएका छन् । 
    पुस्तकमा पाईने मोटो कमिशन एकलौटी गरी एक आपसमा बाँडचुड गर्ने नियतले केही पुस्तक व्यवसायीले संघको आडमा यस्तो खेला गरेको भन्दै स्थानीय विद्यार्थी र अभिभावकले अविलम्ब यस्तो गैरकानूनी कार्य रोक्नुपर्ने माग गरेका छन् ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा  निर्माण तथा मर्मत गरि हस्तान्तरण
खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा  निर्माण तथा मर्मत गरि हस्तान्तरण
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित
कुनौली सडकमा धुलोले सर्वसाधारणलाई सास्ती
ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
भुक्तानी रकम दिलाउने  प्रतिबद्धतापछि राविनपाको तालाबन्दी  तथा धर्ना कार्यक्रम स्थगित
भुक्तानी रकम दिलाउने  प्रतिबद्धतापछि राविनपाको तालाबन्दी  तथा धर्ना कार्यक्रम स्थगित
नेपाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, सात सदस्यी संचालक समिति गठन