राजरंगशालाको रुप फेर्ने तयारी

राजविराज राजविराज
|
बुधबार, श्रावण २४, २०८०
|
|
१८ पटक हेरिएको
Shares
राजरंगशालाको रुप फेर्ने तयारी

सारांश

  •     सप्तरी जिल्लाको एक मात्र पुरानो खेल मैदान राष्ट्रियस्तरका विभिन्न खेलकृुद प्रतियोगित समेत आयोजना हुदै आएकोमा वर्षौदेखि जिर्ण र बेवारिसे अवस्थामा रहेको छ ।
  •       हाल रंगशालाको प्याराफिट मुनी वर्षाैदेखि विभिन्न व्यक्तीले अतिक्रमण गरी वसोवास गरिरहेका छन भने अर्काे तीर ७ हजार दर्शक अटाउने क्षमता भएको प्यारापिट जीर्ण भइ ठाँउ ठाउँमा भत्किएको छ ।
  • मर्मत सम्भार नहुदा कुनै त्रेला पनि प्याराफिट भत्किने र ज्यानै जोखिममा पार्ने सम्भावना समेत रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 

    राजविराज ७ स्थित राजरंगशालाको रुप फेरिने भएको छ । मधेश प्रदेश सरकारको सहयोगमा मर्मत सम्भार गरी रुप फेरीने तयारी भएको हो । 
    सप्तरी जिल्लाको एक मात्र पुरानो खेल मैदान राष्ट्रियस्तरका विभिन्न खेलकृुद प्रतियोगित समेत आयोजना हुदै आएकोमा वर्षौदेखि जिर्ण र बेवारिसे अवस्थामा रहेको छ । 
    हाल रंगशालाको प्याराफिट मुनी वर्षाैदेखि विभिन्न व्यक्तीले अतिक्रमण गरी वसोवास गरिरहेका छन भने अर्काे तीर ७ हजार दर्शक अटाउने क्षमता भएको प्यारापिट जीर्ण भइ ठाँउ ठाउँमा भत्किएको छ । मर्मत सम्भार नहुदा कुनै त्रेला पनि प्याराफिट भत्किने र ज्यानै जोखिममा पार्ने सम्भावना समेत रहेको छ । 
    बजेट अभावमा मर्मत सम्भार हुन नसकिरहेको बेला खेलकुद पृष्ठभुमी समेत भएका सप्तरीको प्रदेश २ को ख बाट निर्वाचित प्रदेश सभासदस्य तथा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको पहलमा राजरंगशालालाई स्तरोन्नती गरी नयाँ स्वरुप दिने तयारी थालिएको हो । 
    मन्त्री यादवका अनुसार राजरंगशालाको जीर्णाेद्वाराका लागी आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड बजेट विनियोजन गरिएको छ । यस्तै राजविराज ५ स्थित पविमाविको खेल मैदान र जिल्ला खेलकुद विकास समितीको परिसरमा रहेको कभर्डहल स्तरोन्नतीका लागी ५०÷५० लाख र राजविराज २ मा क्रिकेट एकेडमी निर्माणका लागी मधेश प्रदेश सरकारले २५ लाख रुपैया बजेट विनियोजन गरेको छ । 
    दुई दशक अघि तत्कालिन मेयर जगरनाथ दासको समयमा राजंगशालाको स्वामित्व जिल्ला खेलकृुद विकास समितीलाई दिएपछी अतिक्रमित स्थान खाली गराउन पटक÷पटक प्रयास हुदै आएपनि त्यसले सफलता पाउन सकेको छैन । 
    तर, अहिले नगरपालिका र स्थानीय प्रशासन अतिक्रमित स्थान खाली गराउन तातिएकाले छिट्टै रंगशालाको अतिक्रमण पनि हट्ने धेरैले विश्वास गरेका छन् । 
    बि.स. २०३६ सालमा तत्कालिन अञ्चलाधिश लक्ष्य बहादुृर गुरुङ्गको पालामा निर्माण भएको राजरंगशालाको त्यस पछि हाल सम्म कुनै निकायले पनि मर्मत सम्भार नगर्दा जिर्ण भई जोखिमयुक्त र खण्डहरमा परिणत भएको हो ।
    ११ औं  राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर मधेश प्रदेशले पाएको जानकारी समेत दिएका मन्त्री यादवले सो समय भित्रै राजरंगशालालाई नयाँ स्वरुप दिई सक्ने लक्ष्य राखेको जनाएका छन् । उनले प्रत्येक वर्ष केही न केही बजेट थपेर राजरंगशालाको कायापलट गर्ने सोच बनाएको बताउँदै सप्तरीमा क्रिकेट, फुटबल, भारत्तोलन, जुडो, कराँते, कुस्ती लगायत विभिन्न खेलका अन्तराष्ट्रियका खेलाडी भएपनि स्तरीय खेल मैदान नहुनु लाजको विषय भएको जनाए । 
    मन्त्री यादवले आफ्नो कार्यकालमा सप्तरीमा खेलका लागी पुर्वाधार निर्माणको काम शूरु गर्न सानो प्रयास गरेको जनाएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी जन्माई सकेको सप्तरीमा भने व्यवस्थित खेल मैदान नहुदा प्रतियोगिता आयोजनामा समस्या हुदै आएको जिल्ला खेलकुद विकास समिती सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेलको कथन छ । 
    मैदान अभावमै विभिन्न खेलकुदका गतिविधीमा कमी आएको नेपाल खेलकुद प्रत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझीको भनाई छ । राजरंगशालाको अवस्थाप्रति पटक÷पटक आवाज उठ्ने गरेको छ । 
    स–साना प्रतियोगिता आयोजनाका क्रममा उक्त आवाज उठेपनि पछि सेलाउने गरेको सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ निवासी जुडो संघ सप्तरीका पुर्व अध्यक्ष नवनित झाको भनाई छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोदेबरसाईन र रुपनी राईडर्स विजयी
बोदेबरसाईन र रुपनी राईडर्स विजयी
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 
भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ