राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ

राजविराज राजविराज
|
बुधबार, चैत्र १३, २०७५
|
|
३० पटक हेरिएको
Shares
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ

सारांश

  •     सो शाखाको उद्घाटन एक कार्यक्रम बीच उद्योग वाणिज्य संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष शंकर दासले गरेका हुन ।
  •     सो अवसरमा उनले बैंकले सहज, सरल र मैत्रीपूर्ण वित्तिय सेवा दिने विश्वास व्यक्त गर्दै यस क्षेत्रबाट संकलित रकम यसै क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
  • बैंकका निर्देशक चतुराखर अधिकरीले इन्स्योरेन्स रेमिट्यान्स, एटिएम सेवा सहितको पूर्ण बैंकिग सेवा यस बैंकबाट सहज र सरल रुपमा प्रदान गरिने जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
    कामना सेवा विकास बैंक लि.ले राजविराजमा बुधबारदेखी शाखा विस्तार गरेको छ । यो सँगै बैंकको केन्द्र सहित ७७ वटा शाखा पुगेको छ ।
    सो शाखाको उद्घाटन एक कार्यक्रम बीच उद्योग वाणिज्य संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष शंकर दासले गरेका हुन ।
    सो अवसरमा उनले बैंकले सहज, सरल र मैत्रीपूर्ण वित्तिय सेवा दिने विश्वास व्यक्त गर्दै यस क्षेत्रबाट संकलित रकम यसै क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । बैंकका निर्देशक चतुराखर अधिकरीले इन्स्योरेन्स रेमिट्यान्स, एटिएम सेवा सहितको पूर्ण बैंकिग सेवा यस बैंकबाट सहज र सरल रुपमा प्रदान गरिने जानकारी दिए ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गाउँ गाउँ र शहर शहरमा जनताको वित्तिय पहुँच पु¥याउने उद्देश्यले मुलुकको ७७ स्थानमा शाखा विस्तार भईसकेको र अझै २०÷२५ वटा शाखा विस्तार गर्ने योजना सहित  गृह कार्य भइरहेको बताए ।
    उनले अबको ६ महिना भित्र देशभर केन्द्र सहित १ सय भन्दा बढी शाखा विस्तार भई सक्ने बताए । अन्य बैंकको तुलनामा ऋणमा सस्तो ब्याज दर, सरल सहज रुपमा कर्जा प्रवाह तथा विश्वसनीय र छिटो छरितो बैंकिक सेवा प्रदान गर्दै आएकोले छोटै समयमा बैंक सर्वसाधारणमा साख बनाउन सफल भएको उनको भनाई थियो ।
    पत्रकार महासंघ प्रदेश नं. २ का पार्षद मनोज कुमार माझीले आफ्नो नगरमा कामना सेवा विकास बैंकलाई स्वागत गर्न पाउँदा खुशी लागेको र यहाँका जनताले सरल र सहज रुपमा वित्तिय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै बैंकको प्रगतिको शुभकामना दिए । 
    बैंकका प्रोजेक्ट मैनेजर रबी पौडेलद्वारा संचालित कार्यक्रमा बैंक संचालक समितिका प्रमुख सचिव रमेश भट्टराई, बैंकका प्रदेश १ का प्रमुख सुजन राई, प्रदेश २ का प्रमुख राकेश सिंह यादवका साथै स्थानीय व्यवसायी, कर्मचारी, शिक्षक लगायतको उत्साहजनक उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा रगतको अभाव
सप्तरीमा रगतको अभाव
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर
सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर
मादक पदार्थ सेवन गरि साइकल चलाएर घर जाँदै गर्दा लडेर मृत्यु 
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ