दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
सप्तरीमा श्रोत नखुलेको चार लाख भन्दा बढी रकमसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारत बिहार राज्यको मधुवनी जिल्ला निवासी सद्दाम अन्सारी र रन्जितकुमार साह छन् ।
प्रहरीका अनुसार सोमबार बिहान गस्तिमा रहेका सशस्त्र प्रहरीको टोलीले भारतीय सीमासँग जोडिएको सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल टोल सडकखण्डबाट दबै जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
मोटरसाइकल चढी भारतबाट नेपाल प्रवेश गरेका उनीहरु उपर शंका लागि चेकजाच गर्दा सशस्त्र प्रहरी पातोको टोलीले श्रोत नखुलेको ४ लाख ३४ हजार ४९ रुँपैया बरामद गरेको प्रहरी उपरिक्षक रुपक खडकाले जानकारी दिए । मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया