चैती छठको तयारी सुरु, आज नुहाई खाई 

राजविराज राजविराज
|
बिहिबार, बैशाख २, २०७८
|
|
४५ पटक हेरिएको
Shares
चैती छठको तयारी सुरु, आज नुहाई खाई 

सारांश

  •     नयाँ वर्षको सुरुवात सँगै कोरोनाको त्रास बढे पनि ब्रतालुहरु चैती छठ पर्वको तयारीमा जुटेका छन् ।
  • परिवारिक सुख:, शान्ति, कल्याण, रोगबाट मुक्ती तथा विभिन्न मनोकांक्षा पुरा हुने विश्वासका साथ श्रद्धापुर्वक मनाईने चैती छठ पर्व यस पल्ट शुक्रवार नुहाई खाई धार्मिक विधीबाट शुरु हुदैछ ।
  •       जलाशय सफा गर्ने, सजाउने र छठ पर्वमा प्रयोग हुने, पुजा समाग्री खरिद गर्ने क्रम शूरु भई सकेको छ ।

दैनिक समाचारदाता
राजविराज, २ बैशाख । 
    हरेक वर्ष चैत महिनामा मनाइने चैती छठ गत वर्ष मलेमास परेकाले सोही वर्षको सरेर यस वर्ष बैशाख ५ गते मनाइदैछ । 
    नयाँ वर्षको सुरुवात सँगै कोरोनाको त्रास बढे पनि ब्रतालुहरु चैती छठ पर्वको तयारीमा जुटेका छन् । परिवारिक सुख:, शान्ति, कल्याण, रोगबाट मुक्ती तथा विभिन्न मनोकांक्षा पुरा हुने विश्वासका साथ श्रद्धापुर्वक मनाईने चैती छठ पर्व यस पल्ट शुक्रवार नुहाई खाई धार्मिक विधीबाट शुरु हुदैछ । 
    जलाशय सफा गर्ने, सजाउने र छठ पर्वमा प्रयोग हुने, पुजा समाग्री खरिद गर्ने क्रम शूरु भई सकेको छ । जसकारण बजारमा चहल पहल बढेको छ । 
    राजविराजको भगवती, कल्टु, तृुरन्ती र पुरनी पोखरी स्थित पुजा घाटमा चैती छठमा व्रर्तालु र दर्शनार्थी पुग्ने गरेका छन् । तर कार्तिक महिनामा मनाईने छठ पर्वमा जस्तो चैती छठ पर्वमा भने वर्तालु र दर्शनार्थीको उपस्थिती कम हुने गरेको भगवती मन्दिरका मूलपुजारी दुर्गानन्द मिश्रको भनाई छ ।
    वर्षमा दुई पटक कार्तिक र चैत महिनामा मनाइने छठ पर्व यो वर्ष तीन पटक परेको छ । तर यस पटक साईत र तिथी सरेकाले चैत महिनामा मनाउने गरिएको चैती छठ पर्व बैशाखमा सर्न गएको पण्डित रुपकान्त मिश्रको भनाई छ । कार्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ । 
    शुक्रवार नुहाई खाई विधीबाट शूरु हुने पर्व अन्तर्गत शनिवार खरना तथा आईतवार अस्ताउदो र सोमवार विहान उदाउदो सुर्यलाई अर्घ दिएर यो पर्व विधीवत सम्पन्न हुनेछ । 
     कोरोना संक्रमणको बढ्दै गएको असरका बीच स्थानीय प्रशासनले सार्वजनिक स्थानमा भिडभाड नगरी घरमै चाड पर्व मानाउन आग्रह गरेको छ । गत वर्ष पनि कोरोनाको जोखीमलाई ध्यानमा राखी स्थानिय प्रशासनले घरमै बैकल्पिक उपाय गरि चैती छठ मनाउन आग्रह गरेको थियो । प्रशासनको आग्रह मान्दै केहीले घरकै छतमा अस्थायी पोखरी निर्माण गरि विधीपूवर्क छठ पर्व मनाएका थिए भने अधिकांशले प्रशासनको आग्रहको बेवास्था गर्दै जलाशय किनारमै पुगि चैती छठ पर्व मनाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
५० शैया स्वीकृत गजेन्द्र नारायण सिंह  अस्पतालमा डेढ सय शैयाको सेवा संचालन, सीमित श्रोत, साधन र जनशक्तिको भरमा संचालन हुँदा समस्यै समस्या
५० शैया स्वीकृत गजेन्द्र नारायण सिंह  अस्पतालमा डेढ सय शैयाको सेवा संचालन, सीमित श्रोत, साधन र जनशक्तिको भरमा संचालन हुँदा समस्यै समस्या
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
दिप प्रज्वलन गरेको दृश्य । 
दिप प्रज्वलन गरेको दृश्य ।