वित्तीय संस्थामा आगो लगाइदिने भन्दै  सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ

राजविराज राजविराज
|
बिहिबार, मंसिर ६, २०८१
|
|
१६ पटक हेरिएको
Shares
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै  सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ

सारांश

  •     सप्तरीको खडक नगरपालिका ५ खरचुहिया निवासी ४६ वर्षिय उमेश भगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
  •        जीवन विकास लघुवित्त बित्तीय संस्था लि.
  • शाखा कार्यालय कठौना शम्भुनाथ सप्तरीका प्रमुख सम्झना कुमारी पौदारले मंसिर २ गते शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष दिएको निवेदनको आधारमा भगत पक्राउ परेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ६ मंसिर । 

    वित्तिय संस्थाको कार्यालयमा आगो लगाई दिने अभिव्यक्ति सामाजिक संजालमा पोष्ट गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
    सप्तरीको खडक नगरपालिका ५ खरचुहिया निवासी ४६ वर्षिय उमेश भगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 
     जीवन विकास लघुवित्त बित्तीय संस्था लि. शाखा कार्यालय कठौना शम्भुनाथ सप्तरीका प्रमुख सम्झना कुमारी पौदारले मंसिर २ गते शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष दिएको निवेदनको आधारमा भगत पक्राउ परेका हुन् । 
    प्रमुख पौदारद्वारा दिइएको निवेदनमा “जीवन विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कठौनामा शाखाले प्रवाह गरेको ऋणको नियमित असुली भइरहेको क्रममा अन्यायी उमेश भगतले ऋणीहरुबाट कसैसँग ५ हजार, कसैसँग १० हजार, कसैसँग १५ हजार रुँपैया असुली गरी सो ऋण चुक्ता गर्नु पर्दैन भन्दै अफवाह फैलाई ऋणीहरुलाई आफ्नो तर्फबाट परिचयपत्र बाँड्दै हिडेको अवस्था” उल्लेख गरिएको छ ।  
    सोही निवेदनमा “उमेश भगतले २०८१ कात्तिक ३० गते आफ्नो फ्सबुकमा पोष्ट मार्फत जीवन विकास लघुवित्त बित्तीय संस्था लि. शाखा कार्यालय कठौना र सोको सिइयो र कर्मचारीलाई आरोपित गरी २०८१ मंसिर ३ गते शाखा कार्यालयमा आगो लगाइदिने र कर्मचारीलाई प्रहरी कार्यालयमा बुझाउने कार्यक्रम जारी गरेका छन् ।”
    पक्राउ परेका भगत हाल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको र उनीमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
वनले ५० हजार बोट बिरुवा बितरण गर्दै 
वनले ५० हजार बोट बिरुवा बितरण गर्दै 
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख ः उपसभापति निधी
वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख ः उपसभापति निधी
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने