एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान

राजविराज राजविराज
|
बुधबार, मंसिर २७, २०८०
|
|
९९ पटक हेरिएको
Shares
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान

सारांश

  •     राजबिराज नगरपालिका आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र  सामी÷हेल्भेटास नेपालको सहयोगमा सुरक्षित बैदेशिक रोजगारका लागि प्रदेश र  स्थानिय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्यामा ६ वर्षको अवधीमा ठगीमा परेको जानकारी दिइएको छ ।
  •       बैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्रमा उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको सामी÷ हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकायले बताए ।
  •       उनले भने ६ बर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रूपैया क्षतिपुर्ति दिलाएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।

    सप्तरीमा बैदेशिक रोजगारको सिलसिलामा एक हजार ८ सय ७१ जना ठगीमा परेका छन् । 
    राजबिराज नगरपालिका आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र  सामी÷हेल्भेटास नेपालको सहयोगमा सुरक्षित बैदेशिक रोजगारका लागि प्रदेश र  स्थानिय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्यामा ६ वर्षको अवधीमा ठगीमा परेको जानकारी दिइएको छ । 
    बैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्रमा उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको सामी÷ हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकायले बताए । 
    उनले भने ६ बर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रूपैया क्षतिपुर्ति दिलाएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
    यसैगरी सिरहामा ९ सय २० समस्या मध्ये ४ सय २४ जनाको समस्या सामाधान गरिएको छ भने २१ करोड ५३ लाख ६२ हजार ५ सय ६२ रूपैया क्षतिपुर्ति दिलाउन सफल भएको जनाइएको छ । 
    कार्यक्रममा सामी÷हेल्भेटास नेपालका प्रदेश प्रबन्धक बिजय ठाकुरले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, उपलब्धीमूलक बनाउन र ठगी मुक्त बनाउन सबैको दायित्व रहेको जिकिर गरे ।
    आप्रवासी हकहित संरक्षण केन्द्रका प्रदेश संयोजक जितेन्द्र सिन्हाले सरकारले एजेन्ट खारेज गर्ने तर हरेक गाउगाउमा एजेन्टहरूको बिगबिगी र ठगी बढेको बताउदै बैदेशिक रोजगारका लागि सुरक्षित बनाउन स्थानिय सरकार गम्भिर गम्भीर बन्नुपर्नेमा जोड दिए ।
    उक्त अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी