दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरीको सुरुङ्गा नगरपालिका ७ पोखरीयाकी १९ वर्षिया ज्योती पासवानले साउन २३ गते आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी प्रकरणमा मंगलबार माइती पक्षले केटा बिरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
ज्योतीका बुबा प्रमोद पासवानले ज्योतीलाई विहे गरि लगेका सोही वडा निवासी कृष्ण मिश्र बिरुद्ध इलाका प्रहरी कार्यालय कडोरबोनामा किटानी जाहेरी दिएका हुन् ।
जाहेरीमा मिश्रमाथी आत्महत्या दुरुत्साहन, जातिय छुवाछुत र जबरजस्तीकरणी मुद्दा अन्तरगत पक्राउ गरि कारवाही चलाउन माग गरिएको छ । यता मिश्र भने विगत दुई महिनादेखी फरार छन् ।
घटना विवरण अनुसार ज्योती र कृष्णबीच गहिरो प्रेम सम्बन्ध रहेको तर, तल्लो जातको केटी भएको भन्दै कृष्णका अभिभावकले असहमति जनाएपछि पाँच महिनाअघि ज्योतीलाई लिएर कृष्ण बुटवल पुगेका थिए । यसबीचमा दुबै जनाले जनकपुरस्थित रामजानकी मन्दिरमा पुगि विहे गरेका थिए ।
एक साता अघि छोरीले फोन गरेर आफू लहानस्थित पुष्पाञ्जली लँजमा अलपत्र अवस्थामा रहेको भन्दै फोन गरेपछि आमा इनरदेवी र बुबा प्रमोद केही मान्छे लिएर लहान पुगेका थिए ।
छोरीलाई लिएर इलाका प्रहरी कार्यालय लहान पुगेकी आमा इनरदेवीले ज्योतीले त्यती बेला प्रहरीलाई दिएको बयानमा बजारको केही काम छ र चाडै आउछु भन्दै कृष्ण निस्केका बताएका थिए । तर सात दिन बितिसक्दा पनि फर्केर नआएपछि आमा बुबालाई खबर गरे, प्रहरीलाई उनले दिएको बयानमा उल्लेख गरेकी थिइन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिरेन्द्र पासवानले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेपनि प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने सबै पाटोबाट अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
यता ज्योतीको आत्महत्या प्रकरणको विभिन्न दलित अधिकारवादी संघसंस्थाले घटनाप्रति चासो देखाउँदै घटनाको छानबिन र दोषिमाथी कडा कारवाहीको माँग गरेका छन् ।
ज्योती मृत्यु प्रकरणमा केटा बिरुद्ध किटानी जाहेरी
सारांश
- ज्योतीका बुबा प्रमोद पासवानले ज्योतीलाई विहे गरि लगेका सोही वडा निवासी कृष्ण मिश्र बिरुद्ध इलाका प्रहरी कार्यालय कडोरबोनामा किटानी जाहेरी दिएका हुन् ।
- जाहेरीमा मिश्रमाथी आत्महत्या दुरुत्साहन, जातिय छुवाछुत र जबरजस्तीकरणी मुद्दा अन्तरगत पक्राउ गरि कारवाही चलाउन माग गरिएको छ ।
- यता मिश्र भने विगत दुई महिनादेखी फरार छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया