विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट हुँदैन ः एसपी मनोज यादव 

राजविराज राजविराज
|
आइतबार, जेठ १९, २०७६
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सो प्रतिबद्धता जनाएका हुन् ।
  • शुक्रबार मात्र सरुवा भएर सप्तरी आएका प्रहरी उपरिक्षक यादवले जिल्लालाई सबल, सक्षम बनाउने क्रममा स्थानिय तहहरुबाट गरिने विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट नदिने दृढता व्यक्त गरेका छन् ।
  •       उनले शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय सम्झौताहिन विषय भएकोले यसमा गलत मनसायले कसैसंग सम्झौता गर्न नसक्ने बताउँदै यसमा सहयोग गर्न संचारकर्मीहरुको सहयोग आवश्यक रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका नयाँ प्रहरी प्रमुख मनोज कुमार यादवले जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबाद्धता जनाएका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सो प्रतिबद्धता जनाएका हुन् । शुक्रबार मात्र सरुवा भएर सप्तरी आएका प्रहरी उपरिक्षक यादवले जिल्लालाई सबल, सक्षम बनाउने क्रममा स्थानिय तहहरुबाट गरिने विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट नदिने दृढता व्यक्त गरेका छन् । 
    उनले शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय सम्झौताहिन विषय भएकोले यसमा गलत मनसायले कसैसंग सम्झौता गर्न नसक्ने बताउँदै यसमा सहयोग गर्न संचारकर्मीहरुको सहयोग आवश्यक रहेको बताए । 
    यस्तै प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गरी सुरक्षित सप्तरी, भयमुक्त सप्तरी निमार्ण गर्ने, जिल्लामा घटित अपराधको निश्पक्ष, न्यायिक एवं वैज्ञानिक अनुसन्धान गर्ने, सीमा अपराधलाई न्युनिकरण गर्दै साना तथा अवैध हातहतियारको कारोबार नियन्त्रण गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधन कानुन उल्घंन गरी प्रयोगमा ल्याइएको भेटिए कानुनी दायरामा ल्याउने, भुमिगत समुहको नाममा हुने अपराध, ठगी, तस्करी, लागु औषध विरुद्ध सशक्त कारवाही गर्ने तथा सामुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सघनरुपमा अघि बढाईने लगायतका योजनाहरु उल्लेख गरेका छन् । 
    उनले प्रहरी कार्यालयलाई चाहिने जनशक्ति, भौतिक पुर्वाधार र साधन श्रोतको कमी भएको चर्चा गर्दै त्यसका वावजुद पनि प्रहरीले वलवुताले भ्याए सम्म शान्ति सुरक्षाका लागी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संचारकर्मीहरुले स्वागत तथा सफल कार्यकालको शुभकामना दिनुका साथै शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागी आ–आफ्नो सुझाव दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन
६५ जनाको पिसिआर परिक्षण  गर्दा ४१ जना संक्रमित
६५ जनाको पिसिआर परिक्षण  गर्दा ४१ जना संक्रमित
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास