शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य

राजविराज राजविराज
|
आइतबार, भाद्र ३०, २०८१
|
|
४५ पटक हेरिएको
Shares
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य

सारांश

  •     मृतक परिवारलाई १० लाख क्षतिपूर्ती दिने, घाइतेको उपचार खर्च व्यहोर्ने, जिल्लामा टाइम कार्ड लागु गर्ने र भारदह चौकमा आवश्यकता पहचिान गरि प्रहरी तथा ट्राफिक बीट व्यवस्थापन गर्ने सहमति भएपछि तनाव साम्य भएको हो ।
  •       विहान ८ बजेतीर भारदहस्थित कंकालिनी मन्दिर नजिकै भएको सो घटनामा डेढ वर्षिय आर्दश अधिकारीको मृत्यु भएको थियो ।
  • हजुरआमा अनिता अधिकारी नाती आर्दशलाई लिएर बाटो पार गर्न उभिरहेका बेला अचानक राजविराजबाट विराटनगरतर्फ जादै गरेको प्रदेश १–००५–००१ज.

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।

    पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा आईतवार माइक्रो वसको ठक्करबाट एक शिशुको मृत्यु पश्चात् उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य भएको छ । 
    मृतक परिवारलाई १० लाख क्षतिपूर्ती दिने, घाइतेको उपचार खर्च व्यहोर्ने, जिल्लामा टाइम कार्ड लागु गर्ने र भारदह चौकमा आवश्यकता पहचिान गरि प्रहरी तथा ट्राफिक बीट व्यवस्थापन गर्ने सहमति भएपछि तनाव साम्य भएको हो ।  
    विहान ८ बजेतीर भारदहस्थित कंकालिनी मन्दिर नजिकै भएको सो घटनामा डेढ वर्षिय आर्दश अधिकारीको मृत्यु भएको थियो । हजुरआमा अनिता अधिकारी नाती आर्दशलाई लिएर बाटो पार गर्न उभिरहेका बेला अचानक राजविराजबाट विराटनगरतर्फ जादै गरेको प्रदेश १–००५–००१ज.३८६६ नम्बरको माइक्रोले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन । 
    ठक्करबाट गम्भीर घाईते भएका दुबै जनालाई उद्धार गरी उपचारका लागी विराटनगरस्थित एक अस्पताल पु¥याइएको थियो । पु¥याइएको आधी घण्टामै उपचारका क्रममा बालक आर्दशको मृत्यु भएको तथा हजुरआमा अनिताको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
    घट्नापछी आक्रोशित मृतकका आफन्त तथा स्थानीयले विभिन्न ४ बुंदे माग अघि सार्दै ५ घण्टा राजमार्ग अवरुद्ध पार्नुका साथै ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन थालेका थिए । 
    प्रर्दशनकारीले माइक्रो चालकलाई सवारी ज्यान मुद्दामा कारवाही, मृतकका परिवारलाई क्षतीपुर्ती, माइक्रो सिन्डीकेट खारेजी तथा कंकालिनी भगवती मन्दिर परिसरमा प्रहरी बिट स्थापना लगायतका माग अघि सारेका थिए । 
    स्थिति असामान्य हुन थालेपछि इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपाल तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेसहितको पुगेको टोलीले पीडित पक्ष तथा माइक्रो संचालक पक्षलाई राखेर छलफल र सहमती गराएपछि अवरुद्ध राजमार्ग पाँच घण्टा पश्चात् सूचारु भएको छ । 
    ठक्कर दिने माइक्रो र चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ का ३२ वर्षिय अब्दुल सतारलाई नियन्त्रणमा लिई सवारी ज्यान मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
आइपुग्यो अक्सिजन प्लान्ट
आइपुग्यो अक्सिजन प्लान्ट
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड