मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
२७ पटक हेरिएको
Shares
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि

सारांश

  •     राजविराज वडा नं.
  • ३ स्थित मधेश कृषि विश्वविद्यालयका प्राध्यापक डा.
  • केशव राज पाण्डेले विश्वविद्यालय नजिकै रहेको वैष्णोकाली मन्दिरस्थित कल्टु पोखरी सरसफाई गर्न थाले पछी अन्य ब्यक्तीहरु समेत यसमा साथ दिन थालेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।

    मधेश कृषि विश्वविद्यालयका एक प्राध्यापकले १० दिन अघि एक्लै सुरु गरेको सरसफाई अभियानमा अहिले प्रदेशका मन्त्रीदेखि विभिन्न व्यक्ति तथा कार्यालयका प्रमुख समेतले सहभागिता जनाउन थालेका छन् । 
    राजविराज वडा नं. ३ स्थित मधेश कृषि विश्वविद्यालयका प्राध्यापक डा.केशव राज पाण्डेले विश्वविद्यालय नजिकै रहेको वैष्णोकाली मन्दिरस्थित कल्टु पोखरी सरसफाई गर्न थाले पछी अन्य ब्यक्तीहरु समेत यसमा साथ दिन थालेका छन् । 
    उनी यस विश्वविद्यालयमा फागुन १० गते हाजिर भएपछि ११ गते मर्निङ वाकमा निस्केको बेला छेउमै रहेको पोखरीको अवस्था देखेर चिन्तित भए । उनी झण्डै १० दिन पश्चात् फागुन २० गतेदेखी सो पोखरीको सरसफाई गर्न एक्लै जुटे । त्यसबेला उनी उक्लै पोखरीमा फ्याकिएको फोहर निकाल्दै बाहिर राख्थे । त्यस छेउका वासिहरु उनलाई पोखरीबाट फोहर निकालेको हेर्ने काम मात्र गर्थे । उनलाई कुनै प्रकारको सहयोग गरेनन् । 
    वरिपरिका वासिन्दाले पोखरीमा विसर्जन गरेको फोहर बाहिर निकालेर थुपार्ने काम बारे खबर प्राप्त भएपछी फागुन २८ गते मधेश प्रदेशका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री राजकुमार लेखीले सोमबार उनलाई सरसफाईमा साथ दिए । धर्मपत्नी उषाका साथ आएका मन्त्री लेखीले प्राध्यापक पाण्डेको एकल प्रयासमा सूरु भएको स्वच्छता अभियानको बारेमा साथीभाईहरुबाट जानकारी पाएर आफु समेत सहभागी हुन पाउँदा निकै खुशी लागेको बताए । 
    यस्तो कार्यमा अन्य पक्षले पनि सघाउदा राजविराज सुन्दर र सफा नगर बन्न सक्ने तथा सरसफाई सबैलाई चाहिने हुँदा घरदेखि सबै सार्वजनिक स्थलमा सरसफाईमा गर्नुपर्नेमा मन्त्रीले लेखीले जोड दिए । 
    गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका २ घर भएका प्राध्यापक डा.पाण्डेले हिमाल, पडाह र तराई जहाँ भएपनि देश हाम्रै भएको भन्दै सबै ठाउँ सुन्दर र सफा हुनु पर्छ भन्ने मान्यताका साथ सुरुमा एक्लै स्वच्छता अभियान चलाएकोमा अहिले आएर सहयोगी हातहरु थपिदै गएकोमा निकै खुशी र आत्मसन्तुष्टी मिलेको बताए । उनी रामनगर कृषि क्याम्पसका अवकाश प्राप्त प्राध्यापक समेत हुन । 
    स्वच्छता अभियानमा सहभागी भएका डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त प्रसाद साहले मन्दिर प्राङ्गणमा रहेको तथा विभिन्न धार्मिक कार्यमा सर्वाधिक भक्तजनले प्रयोग गर्ने उक्त पोखरीको सौन्दर्यकरण गर्न यस अघि पनि आपूmहरुले सहयोग गरेको जानकारी दिदै डा.पाण्डेले सूरु गरेको स्वच्छता अभियानमा समेत सहयोग गर्न आएको बताए । 
    पाण्डेले चलाएको अभियानमा समाजसेवी राधेश्याम रमण, मधेश कृषि विश्वविद्यालयका उपकुलपती डा.बैद्यनाथ महतो, रजिस्टार भगवान ठाकुर लगायत अन्य भरभलादमीले सहभागिता जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
ideal
ideal
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा