कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा

राजविराज राजविराज
|
बुधबार, पौष ८, २०७७
|
|
४७ पटक हेरिएको
Shares
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा

सारांश

  •     अतिविपन्न परिवार अत्याधिक चिसो र सितलहरबाट जोगिन न्यानो कपडा र कम्बलको अभावमा कष्टकर जिवन बिताउनु परेको छ ।
  •       सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपटी दलित बस्तीकी समतोलिया देवी रामले अत्याधिक चिसोका कारण न्यानो लुगा र कम्बलको अभाव भएको बताउछिन् ।
  •     बिहानैदेखी चल्ने सितलहर र हुस्सुका कारण घरबाट कमै मानिस बाहिर निस्कने गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ७ पुस । 
    विगत एक सातादेखी सुरु भएको अत्याधिक चिसोका कारण सप्तरीका अतिविपन्न परिवार कोरोना कहरकाबीच सितलहरका कारण पनि थप जोखिममा परेका छन् । यता जिल्लाको सहरी तथा ग्रामिण क्षेत्रका बासिन्दाको जनजिवन कष्टकर बनन्दै गएको छ । 
    अतिविपन्न परिवार अत्याधिक चिसो र सितलहरबाट जोगिन न्यानो कपडा र कम्बलको अभावमा कष्टकर जिवन बिताउनु परेको छ । 
    सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपटी दलित बस्तीकी समतोलिया देवी रामले अत्याधिक चिसोका कारण न्यानो लुगा र कम्बलको अभाव भएको बताउछिन् ।
    बिहानैदेखी चल्ने सितलहर र हुस्सुका कारण घरबाट कमै मानिस बाहिर निस्कने गरेका छन् । चिसोले बालबालिका र बृद्धबृद्धा बढी प्रभावित देखिएका छन् । चिसोका कारण स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्ड डायरिया, दम, रुघाखोकी लगायतका बिरामीहरुको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चिसोका कारण हुने रोगका बिरामीहरु दैनिक १० देखी १५ जनासम्म उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । 
    यता अत्याधिक चिसोका कारण कार्यालयहरुमा सेवाग्राही तथा लामो समयपश्चात् खुलेका विद्यालयहरुमा विद्यार्थीको उपस्थिति पनि पातलिएको छ । 
    चौक र घरमा आगो र हिटर बालेर न्यानोमा बस्ने बढेका छन् । बाक्लो हुस्सुका कारण दिउँसो बत्ति बालेर सवारीसाधन सडकमा ओहोर दोहोर गरेको देखिन्छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो चिसो, जनजीवन प्रभावित
बढ्यो चिसो, जनजीवन प्रभावित
अध्यादेशविरुद्ध नेकपा एमालेद्वारा बिरोध
अध्यादेशविरुद्ध नेकपा एमालेद्वारा बिरोध
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी 
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी