राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २८, २०७७
|
|
१८ पटक हेरिएको
Shares
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी 

सारांश

  •     राजबिराज वडा ५ को सहयोग, सप्तरी क्रिकेट संघको सहकार्यमा तथा लायन्स क्रिकेट एकेडमीको आयोजनामा स्थानिय पबिमाबि राजबिराजको खेल मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा राजबिराज वडा नं.
  • ५ लाई ५७ रनले पराजित गर्दै राजबिराज वडा ३ ले सो उपाधी हात पारेको हो ।
  •     फाईनल खेलमा टस जितेर राजबिराज ३ ले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
    राजबिराजमा संचालित राजबिराज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी राजबिराज वडा ३ ले हात पारेको छ ।
    राजबिराज वडा ५ को सहयोग, सप्तरी क्रिकेट संघको सहकार्यमा तथा लायन्स क्रिकेट एकेडमीको आयोजनामा स्थानिय पबिमाबि राजबिराजको खेल मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा राजबिराज वडा नं. ५ लाई ५७ रनले पराजित गर्दै राजबिराज वडा ३ ले सो उपाधी हात पारेको हो ।
    फाईनल खेलमा टस जितेर राजबिराज ३ ले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर २ सय १ रन बनाएको थियो । जसमा निरज यादवले ३ छक्का सहित ४९ रन, बिकास दास ४४, महबुब आलम ३७ रन, अनुज यादब १७ रन, अमल दास १७ रन, रोहन बिक १५ रन जोडेका थिए ।
    यता बलिँगतर्फ आयोजक टिम राजबिराज वडा नम्वर ५ का अनिल यादब २ र मुन्ना साह २ तथा रेबती राय, पप्पु यादब १/१ बिकेट हात पारेका थिए ।
    प्रतिउत्तरमा २ सय १ रन पछ्याउने क्रममा राजबिराज वडा ५ ले निर्धारित २० ओभरमा ८ बिकेट गुमाएर १ सय ४४ रन मै सिमित भयो । जसमा सुर्दशन सिँहले ५९, डा. राजिव मिश्राले ३० रन तथा नितेश यादब २४ रन जोडेका थिए ।
    बलिँगतर्फ बिजय टिम राजबिराज ३ का सुमित झा ३ बिकेट, महबुब आलम २, तथा रोहित सिँह, रोबिन १/१ बिकेट हात पारेका थिए । उक्त फाईनल खेलको म्यान अफ दि म्याच राजबिराज वडा ३ का महबुब आलम घोषित भएका थिए ।
    फागुन १८ गते देखी संचालित प्रतियोगितामा म्यान अफ दि सिरिज राजबिराज ५ स्थित अमित यादब, बेस्ट ब्याट्स म्यान राजबिराज १ का चन्द्र प्रकाश मेहता तथा बेस्ट बलर खडक नगरपालिकाका अजय यादब घोषित भए । 
    राजबिराज नगरपालिका वडा ५ का वडा अध्यक्ष समीर झाको अध्यक्षतामा आयोजित फाईनल खेलमा राजबिराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादब, उपप्रमुख साधना झा, प्रदेश क्रिकेट सँघका सचिव तथा सप्तरी अध्यक्ष आयुष श्रेष्ठ, सप्तरी क्रिकेट सँघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, कोषाध्यक्ष तुलानाथ माझी, अम्पायर सँघका अध्यक्ष निरज सिँह, लायन्सका संस्थापक संजय कार्की, प्याब्सनका बरिष्ठ उपाध्यक्ष अरूण देव, पुर्व खेलाडी डा. धिरज सिँह, पुर्व राष्ट्रिय खेलाडी पवन दास लगायतले शुभकामना मन्तब्य दिएका थिए भने बिजेता तथा उपबिजेतालाई शिल्ड, कप, मेडल, प्रमाणपत्र बितरण गरिएका थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजबिराज ३ लाई वडा स्तरिय प्रतियोगिताको उपाधी 
राजबिराज ३ लाई वडा स्तरिय प्रतियोगिताको उपाधी 
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
विपन्न असहाय ज्येष्ठ  नागरिकलाई सिरक बितरण
विपन्न असहाय ज्येष्ठ  नागरिकलाई सिरक बितरण
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
राजविराजमा फास्ट फुड तथा अनलाईन पसल संचालन
राजविराजमा फास्ट फुड तथा अनलाईन पसल संचालन
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
प्रदेश सरकारले बेरोजगार यूवाहरुलाई बिना  ब्याजको ऋण दिने ः कृषि मन्त्री साह