दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
सप्तरीको कान्छो गाउँपालिकाको रुपमा चिनिने बलानबिहुल गाउँपालिका आइतबार पूर्ण रुपले विद्युतीकरण भएको छ ।
यसअघि यस गाउँपालिकामा कहिले पनि विद्युत पुगेको थिएन् । ६ वटा वडा भएको यस गाउँपालिका स्थापना भएको मिति भन्दा अगाडी देखी नै यहाँका जनता विद्युतबाट बञ्चित थिए ।
बलानबिहुल वडा नं. २ दक्षिणवरिया दिधिया टोलमा आइतबार साँझ एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दयानन्द गोइतले ट्रान्सफरमरको स्विच अन गरेर विद्युत प्रभाह गरेका थिए । विजुली बलेपछि यस वडाका एक सय घरधुरी लाभान्वित भएका छन् ।

यसअघि यस गाउँपालिकाको वडा नं. २ को दक्षिणवरिया दिधिया टोल बाहेक अन्य सबै वडामा एक वर्ष अघि नै विद्युत पुगिसकेको छ ।
एक वर्षअघिदेखी यस वडामा विभिन्न बाधाअवरोध खडा भएपनि अथक प्रयासपछि यस वडामा विद्युत पु¥याउन सफल भएको भन्दै अध्यक्ष गोइतले यस प्रयासलाई सफल पार्न बोदेबर्साइन विद्युत प्रसारण केन्द्रका प्रमुख प्रदिप शर्मा र कर्मचारिहरूको ठूलो योगदान रहेकोमा प्रशंसा समेत गरे ।
आ.ब. २०७४÷७५ मा छुट्याइएको झण्डै ५ करोडको बजेटबाट गाउँपालिकालाई पूर्णरुपले विद्युतीकरण गरिएको अध्यक्ष गोइतले जानकारी दिँदै गाउँपालिकाको सम्पूर्ण वडामा बाटो समेत निर्माण भइसकेको बताए ।
प्रतिक्रिया
० प्रतिक्रिया