निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो

राजविराज राजविराज
|
मंगलबार, आषाढ २३, २०७७
|
|
६७ पटक हेरिएको
Shares
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो

सारांश

  •     यस पालिमा बाढीले त बस्ती र खेती योग्य जमिनमा ठूलै क्षति पु¥याउने गर्दछ ।
  • तर, यस पटकको वर्षाका कारण अहिलेसम्म खोलानालामा बाढी आएको देखिएको छैन् ।
  •   यता बाढी नआएपनि दुई÷तिन दिनको वर्षाले मात्र यस गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका सामान्य वर्षा भएपनि डुवानमा पर्ने गरेको छ । यति मात्र नभएर यहाँ खाँडो नदीका कारण बाढीले तान्डव समेत देखाउने गर्दछ ।
    यस पालिमा बाढीले त बस्ती र खेती योग्य जमिनमा ठूलै क्षति पु¥याउने गर्दछ । तर, यस पटकको वर्षाका कारण अहिलेसम्म खोलानालामा बाढी आएको देखिएको छैन् । 
यता बाढी नआएपनि दुई÷तिन दिनको वर्षाले मात्र यस गाउँपालिका वडा नं. ३ सकरपुराका आधा दर्जन घर डुवानमा परेको छ भने करिब एक सय बिगहा धान खेती जग्गा बगरमा परिणत भएको छ । 


    वर्षाको पानी निकास हुने व्यवस्था हुन नसक्दा दुई वटा फुसको संचरना भएको घर भत्किएको छ भने आधा दर्जन घरमा दुई÷तिन फिटसम्म पानी जमेको छ । वर्षाको पानीले निरन्तर दबाब बनाउँदा इनर्वा–कुनौली सडकको मध्यभागमा पर्ने सकरपुरा खण्डमा १५ फिट सडक नै बगाएको छ । यसरी सडक नै कटान गरेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । 
    एक पक्षले आफ्नो जग्गा हुँदै बग्ने कुलोको धार रोक्ने र अर्को पक्षले आफ्नो खेतमा डिप बोरिङ जडानका लागि कुलोको मुहान बन्द गरिदिएका कारण यस्ता समस्या उत्पन्न भएको हो । जसकारण वर्षाले एउटा बस्ती जोगिने र अर्को बस्ति डुवानमा पर्ने स्थिति सृजना भएको छ । 
    वर्षाका पानी घरमै पसेर बेहाल बनेकी एकल महिला सरिता झाले घरमा भएभरको खाद्यान्न नष्ट भई भोकभोकै बस्न बाध्य भएको पीडा सुनाइन् । उनले १० कठ्ठा जग्गामा लगाएको धान खेती पनि वर्षाको पानी जमेर नष्ट भएको बताइन् । 
    यता तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले वर्षायाममा प्रत्येक वर्ष आउने यस्ता समस्याप्रति आफू गम्भिर रहेको बताएका छन् । उनले सकरपुरा गाउँका दुई पक्षको आ–आफ्नै अडानका कारण यसको स्थायी समाधान गर्न समय लागेको बताए । खाँडो नदीका कारण पुरै तिलाठी गाउँ वर्षेणी डुवानमा पर्ने गरेकाले अहिले त्यसलाई नियन्त्रण गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 
सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
शिक्षा तथा बाणिज्यमा सुधारका लागि मन्त्रालयले सार्वजनिक ग¥यो १६ बुँदे योजना
शिक्षा तथा बाणिज्यमा सुधारका लागि मन्त्रालयले सार्वजनिक ग¥यो १६ बुँदे योजना
प्रदेश २ मा मदरसा सम्बन्धी विधेयक ः राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने संकेत
नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो अधिवेशन शुरु
नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो अधिवेशन शुरु

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी