निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो

राजविराज राजविराज
|
मंगलबार, आषाढ २३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो

सारांश

  •     यस पालिमा बाढीले त बस्ती र खेती योग्य जमिनमा ठूलै क्षति पु¥याउने गर्दछ ।
  • तर, यस पटकको वर्षाका कारण अहिलेसम्म खोलानालामा बाढी आएको देखिएको छैन् ।
  •   यता बाढी नआएपनि दुई÷तिन दिनको वर्षाले मात्र यस गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका सामान्य वर्षा भएपनि डुवानमा पर्ने गरेको छ । यति मात्र नभएर यहाँ खाँडो नदीका कारण बाढीले तान्डव समेत देखाउने गर्दछ ।
    यस पालिमा बाढीले त बस्ती र खेती योग्य जमिनमा ठूलै क्षति पु¥याउने गर्दछ । तर, यस पटकको वर्षाका कारण अहिलेसम्म खोलानालामा बाढी आएको देखिएको छैन् । 
यता बाढी नआएपनि दुई÷तिन दिनको वर्षाले मात्र यस गाउँपालिका वडा नं. ३ सकरपुराका आधा दर्जन घर डुवानमा परेको छ भने करिब एक सय बिगहा धान खेती जग्गा बगरमा परिणत भएको छ । 

    वर्षाको पानी निकास हुने व्यवस्था हुन नसक्दा दुई वटा फुसको संचरना भएको घर भत्किएको छ भने आधा दर्जन घरमा दुई÷तिन फिटसम्म पानी जमेको छ । वर्षाको पानीले निरन्तर दबाब बनाउँदा इनर्वा–कुनौली सडकको मध्यभागमा पर्ने सकरपुरा खण्डमा १५ फिट सडक नै बगाएको छ । यसरी सडक नै कटान गरेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । 
    एक पक्षले आफ्नो जग्गा हुँदै बग्ने कुलोको धार रोक्ने र अर्को पक्षले आफ्नो खेतमा डिप बोरिङ जडानका लागि कुलोको मुहान बन्द गरिदिएका कारण यस्ता समस्या उत्पन्न भएको हो । जसकारण वर्षाले एउटा बस्ती जोगिने र अर्को बस्ति डुवानमा पर्ने स्थिति सृजना भएको छ । 
    वर्षाका पानी घरमै पसेर बेहाल बनेकी एकल महिला सरिता झाले घरमा भएभरको खाद्यान्न नष्ट भई भोकभोकै बस्न बाध्य भएको पीडा सुनाइन् । उनले १० कठ्ठा जग्गामा लगाएको धान खेती पनि वर्षाको पानी जमेर नष्ट भएको बताइन् । 
    यता तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले वर्षायाममा प्रत्येक वर्ष आउने यस्ता समस्याप्रति आफू गम्भिर रहेको बताएका छन् । उनले सकरपुरा गाउँका दुई पक्षको आ–आफ्नै अडानका कारण यसको स्थायी समाधान गर्न समय लागेको बताए । खाँडो नदीका कारण पुरै तिलाठी गाउँ वर्षेणी डुवानमा पर्ने गरेकाले अहिले त्यसलाई नियन्त्रण गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार
राजबिराज वडा नं. ४ को कार्यालय भवन शिलान्यास
राजबिराज वडा नं. ४ को कार्यालय भवन शिलान्यास