दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
हजयात्रीको शुल्कमा भारी बृद्धि गरिएको भन्दै सप्तरीका मुस्लिम समुदायले असन्तुष्टी व्यक्त गरेका छन् ।
विभिन्न मुश्लिम संघसंस्थाहरुले शुक्रवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका उनीहरुले यसरी बृद्धि गरिएको शुल्क फिर्ता लिन माग समेत गरेका छन् ।
नेपाल मुस्लिम संघको केन्द्रिय सचिव इरसाद अंसारी, जनमुक्ती नेपाल मुस्लिम मुक्ती मोर्चाका केन्द्रिय सदस्य मो गणि, मुस्लिम संघ सप्तरीका सभापती मो.युसुफ, मुस्लिम अगुवा मो. कमालुद्दिन लगायतको अगुवाईमा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
गृहमन्त्रालय तथा हज कमिटीलाई समेत बोदार्थ दिइएको उक्त ज्ञापन पत्रमा हजायात्रीका लागी शुल्कमा भारी बृद्धि गरी निर्धारण गरिएको नयाँ शुल्क अविलम्ब फिर्ता लिन माँग गरिएको छ ।
नेपाल मुस्लिम संघका सचिव इरसाद अंसारीले यस अघि हजयात्रीका लागी प्रतिब्यक्ती २ लाख २५ हजार तोकिएकोमा हाल आएर दोब्बर ४ लाख ६३ हजार पु¥याइएको प्रति आफूहरुको गम्भिर आपत्ती रहेको बताए । उनले सप्तरीबाट यस पल्ट २४ तथा अन्य जिल्लाबाट ५ सय १३ गरी कुल ५ सय ३७ जना हजयात्री मक्का मदिना जाने तयारीमा रहेको बेला अचानक गरिएको दोब्बर शुल्क बृद्धिले यात्रा रोकिने अवस्थामा पुगेको बताए ।
हजयात्रीका लागी २ वर्ष अघि २ लाख २५ हजार प्रति ब्यक्ती शूल्क तोकिएको थियो । जसका लागी यहाँका २४ जना हजायात्रीले प्रारम्भिक शुल्क वापत १÷१ लाख रुपैया समेत बुझाइसकेका छन । मुस्लिम अगुवा मो.युसुफले जेठ २३ गते भित्र ३ लाख ६३ हजार रुपैया थप बुझाउनु भनेर हज कमिटीको पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्राप्त भएपछि अचम्मित भएको बताए ।
प्रजिअ गौतमले ज्ञापन पत्र बुझ्दै तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने बाचा गरेका थिए । मुस्लिम तिर्थालुको पवित्र स्थल मक्का मदिनामा हजयात्रीहरुले दर्शन पछी अन्जानमा भएका पापबाट मुक्ती तथा पुण्यको प्राप्ती हुने जनविश्वास छ ।
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको यात्रा प्रभावित
सारांश
- विभिन्न मुश्लिम संघसंस्थाहरुले शुक्रवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका उनीहरुले यसरी बृद्धि गरिएको शुल्क फिर्ता लिन माग समेत गरेका छन् ।
- नेपाल मुस्लिम संघको केन्द्रिय सचिव इरसाद अंसारी, जनमुक्ती नेपाल मुस्लिम मुक्ती मोर्चाका केन्द्रिय सदस्य मो गणि, मुस्लिम संघ सप्तरीका सभापती मो.
- युसुफ, मुस्लिम अगुवा मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया