बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
१८ पटक हेरिएको
Shares
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 

सारांश

  •     वडा नं.
  • ५ कोदरकट्टि बस्ने ओम प्रकाश यादवकी ३२ वर्षिया श्रीमति सरोदेवी यादव र स्थानिय गंगाराम यादवकी १३ वर्षिया छोरी चन्द्रिका कुमारी यादवबीच बच्चाको विषयलाई लिएर झगडा भएपछि कुटपिट हुँदा दुबै जना घाइते भएकी छिन् ।
  •       प्रहरीका अनुसार सरोदेवीको नाक र मुखमा चोट लागेकोले उपचारका लागि लहान पठाईएको तथा चन्द्रिकाको टाउकोमा चोट लागेको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ बैशाख । 

    सप्तरीको बलानबिहुल गाउँपालिकामा बिहीबार बच्चाको विषयलाई लिएर विवाद पश्चात् झगडा हुँदा एक बालिकासहित दुई जना घाइते भएकी छिन् । यस्तै अर्को घटनामा ट्याक्टर चालक कुटिएका छन् । 
    वडा नं. ५ कोदरकट्टि बस्ने ओम प्रकाश यादवकी ३२ वर्षिया श्रीमति सरोदेवी यादव र स्थानिय गंगाराम यादवकी १३ वर्षिया छोरी चन्द्रिका कुमारी यादवबीच बच्चाको विषयलाई लिएर झगडा भएपछि कुटपिट हुँदा दुबै जना घाइते भएकी छिन् । 
    प्रहरीका अनुसार सरोदेवीको नाक र मुखमा चोट लागेकोले उपचारका लागि लहान पठाईएको तथा चन्द्रिकाको टाउकोमा चोट लागेको छ । प्रहरीले उक्त घटनामा चन्द्रिकाको बुबा ५६ वर्षिय गंगाराम यादवलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै बिहीबारै जिल्लाको खडक नगरपालिका ५ खरचुईया बजारस्थित ट्याक्टरबाट धुलो परेको विषयमा मोटरसाइकलमा सवार दुई युवकले ट्याक्टर चालकलाई कुटपिट गरेका छन् । 
    प्रहरीका अनुसार राजमार्गमा स्थानिय वडा नं. ३ बस्ने २७ वर्षिय भोला मण्डलले ईट्टा भट्टाको ट्याक्टर लिई शम्भुनाथबाट खरचुईयातर्फ आईरहेको अवस्थामा सोहि दिशातर्फ मोटरसाइकलमा सवार वडा नं. १ सिस्वाबेल्ही निवासी २७ वर्षका राज कुमार साह र २८ वर्षका मनोज कुमार साहले धुलो परेको भन्दै ट्याक्टर चालकलाई कुटपिट गरेका छन् । 
    कुटपिटबाट चालक मण्डलको दाहिने हातमा चोट लागेकोले स्थानिय मेडिकल खरचुईयामा उपचार भईरहेको तथा राजकुमार र मनोजलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निरन्तरको बर्षाले दुई  सय बढी घर डुवानमा 
निरन्तरको बर्षाले दुई  सय बढी घर डुवानमा 
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील 
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील 
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो    
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो    
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
दिपावली गरी संविधान दिवस मनाउने निर्णय
दिपावली गरी संविधान दिवस मनाउने निर्णय
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण