दैनिक समाचारदाता
राजविराज, १४ भदौ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको एक लाख भन्दा बढीको औषधी बरामद गरेको छ ।
भारतीय सीमा नजिक पर्ने बोदेबरसाइन नगरपालिका ८ सोनापुर क्षेत्रबाट उक्त अवैध औषधी बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
बरामद औषधीको १ लाख ४ हजार ८ सय ४ रुँपैया मुल्याङ्कन गरिएको छ । भन्सार छलेर ल्याइएका उक्त औषधी विभिन्न कम्पनीको रहेको तथा नेपालमा विधिवत दर्ता समेत नरहेको बताइएको छ ।
सशस्त्र प्रहरीबल स्वर्णपट्टीका सशस्त्र प्रहरी नायब निरिक्षक जयराम मण्डलको कमान्डमा खटेको टोलीलाई देखना साथ उक्त औषधी फ्यालेर तस्कर भारततर्फ भागेको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए ।
बरामद औषधी मंगलबार नै आवश्यक कारवाही प्रक्रियाका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
सारांश
- भारतीय सीमा नजिक पर्ने बोदेबरसाइन नगरपालिका ८ सोनापुर क्षेत्रबाट उक्त अवैध औषधी बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.
- ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
- बरामद औषधीको १ लाख ४ हजार ८ सय ४ रुँपैया मुल्याङ्कन गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया