दैनिक समाचारदाता
काठमाडौं, २२ असोज ।
चाडपर्वलाई लक्षित गर्दै सप्तरी प्रहरीले विषेश सुरक्षा योजना अन्तरगत जिल्लाका ११ स्थानमा नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
यसैबीच महान चाड विजया दशमी, दिपावली एवं छठलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजस्थित रुपनी स्टेण्डमा सोमवार नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
यो संगै जिल्लामा नागरिक÷यात्रु सहायताकक्षको संख्या ११ पुगेको हो । यातायात व्यवसायी, मजदुर, विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी किरण थापाले सो कक्षको उदघाटन गरे ।
आवश्यक्ता अनुसार जिल्लाको अन्य स्थानमा समेत कक्ष विस्तार गरिने योजना रहेको प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
सवारी दुर्घटना तथा लुटपाट लगायतका घटना न्यूनिकरणका साथै नागरिकको सुरक्षित यात्रा सुनिश्तिताका लागी कक्षको निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
कक्षमा प्रहरीको व्यवस्था समेत गरिएकाले दुर्घटना न्युनिकरणका साथै ठगी, लुटपाट जस्ता घटना नियन्त्रणमा पनि मदत पुग्ने विश्वास गरिएको माउन्ट सगरमाथा यातायात प्रा.लि.का उपाध्यक्ष दिनेश गुप्ताले बताए ।
सप्तरीका ११ स्थानमा नागरिक यात्रु सहायता कक्ष
सारांश
- यसैबीच महान चाड विजया दशमी, दिपावली एवं छठलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजस्थित रुपनी स्टेण्डमा सोमवार नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
- यो संगै जिल्लामा नागरिक÷यात्रु सहायताकक्षको संख्या ११ पुगेको हो ।
- यातायात व्यवसायी, मजदुर, विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी किरण थापाले सो कक्षको उदघाटन गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया