विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर

राजविराज राजविराज
|
शनिबार, मंसिर ७, २०७६
|
|
६४ पटक हेरिएको
Shares
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर

सारांश

  •     यता शिविरमा फेला परेका जटिल प्रकृतिका रोगीलाई रेफर गरी अस्पताल पु¥याउने र त्यहा निशुल्क उपचार गर्ने व्यवस्था मिलाईने अस्पतालका प्रमुख जयप्रकाश ठाकुरले बताए ।
  •       युनिक अस्पताल र सेनाले बस्तीमै आएर निशुल्क जाँच र औषधी वितरण गरेपछि ठुलो राहत मिलेको जचाउँन आएका विरामीहरुले बताएका छन् ।
  •       जिल्लाको अतिविकट मानिएको सकरपुरामा गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेका जनतालाई लक्षित गरी सो शिविर आयोजना गरिएको भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवरले बताए ।

    राजविराज÷सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ३ स्थित सकरपुरामा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । 
    युनिक कलेज अफ मेडिसिन साईन्स एण्ड हस्पिटल प्रा.लि. एवं भिमदलगणको संयुक्त आयोजनामा उक्त शिविर संचालन गरिएको हो । 
    शिविरबाट ६ सय भन्दा बढीले उपचार सेवा प्राप्त गरेको गणका कार्यअधिकृत अमर बहादुर थापाले जानकारी दिएका छन् । 
    यता शिविरमा फेला परेका जटिल प्रकृतिका रोगीलाई रेफर गरी अस्पताल पु¥याउने र त्यहा निशुल्क उपचार गर्ने व्यवस्था मिलाईने अस्पतालका प्रमुख जयप्रकाश ठाकुरले बताए । 
    युनिक अस्पताल र सेनाले बस्तीमै आएर निशुल्क जाँच र औषधी वितरण गरेपछि ठुलो राहत मिलेको जचाउँन आएका विरामीहरुले बताएका छन् । 
    जिल्लाको अतिविकट मानिएको सकरपुरामा गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेका जनतालाई लक्षित गरी सो शिविर आयोजना गरिएको भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवरले बताए । 
    उनले यस्ता शिविर सेनाले विगतमा पनि विभिन्न विकट र विपन्न बस्तीमा लक्षित गरी चलाउँदै आएको जानकारी दिदै यसलाई निरन्तरता दिने काम गरिएको बताए । शिविरमा उपचारका लागी आएका विरामीलाई निशुल्क औषधीहरु समेत उपलब्ध गराईएको छ । 
    शिविरमा युनिक अस्पतालका निर्देशक डा. संजय सिंहको नेतृत्वमा डा. रविन्द्र चौधरी, डा. संजित साह, डा. प्रमोद साह, डा. अमरेन्द्र यादव तथा भिमदलगणका १० जना स्वास्थ्यकर्मीसहित २५ सदस्यीय चिकित्सक टोली परिचालित रहेको अस्पतालका प्रमुख जय प्रकाश ठाकुरले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सप्तरीमा आत्महत्याका घटना बढ्दै, दुई महिलाको झुण्डिएको अवस्थामा शव फेला
सप्तरीमा आत्महत्याका घटना बढ्दै, दुई महिलाको झुण्डिएको अवस्थामा शव फेला
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
डाक्नेश्वरी र रुपनी फइनलमा भिड्ने  
डाक्नेश्वरी र रुपनी फइनलमा भिड्ने  
कुटपिट गर्दै जग्गा मिचेको आरोप
कुटपिट गर्दै जग्गा मिचेको आरोप
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु