सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी

राजविराज राजविराज
|
बुधबार, मंसिर ११, २०७६
|
|
३० पटक हेरिएको
Shares
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी

सारांश

  •     चुनावी प्रचार प्रसारको शिलशिलामा सप्तरीको छिन्नमस्ता गाउँपालिका जाने क्रममा बुधबार सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमा स्व.
  • गजेन्द्र नारायण सिंहको प्रतिमामा माल्यापर्ण पश्चात् संचारकर्मीहरुको जिज्ञासो जवाफ दिँदै उनले सो कुरा बताएका हुन्  ।
  •     नेता भण्डारीले भारतीय पक्षले सीमा मिचेको विषयबारे दुई मुलुकले कुटनीतिज्ञ वार्ताबाट समाधान गर्नु पर्ने बताउँदै सीमा विषयमा सडकमा छताछुल्ल पारेर कसैले बिरोध गरेमा त्यो राष्ट्रहीतमा नहुने उल्लेख समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर । 
    राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले नेपाली भूमी कसैले एक इन्च पनि मिच्न नपाउने भन्दै राज्यद्वारा बनाइएको सन्यन्त्रले सीमा सम्बन्धी विषयलाई समाधान गर्नु पर्ने बताएका छन् ।  
    चुनावी प्रचार प्रसारको शिलशिलामा सप्तरीको छिन्नमस्ता गाउँपालिका जाने क्रममा बुधबार सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमा स्व. गजेन्द्र नारायण सिंहको प्रतिमामा माल्यापर्ण पश्चात् संचारकर्मीहरुको जिज्ञासो जवाफ दिँदै उनले सो कुरा बताएका हुन्  ।
    नेता भण्डारीले भारतीय पक्षले सीमा मिचेको विषयबारे दुई मुलुकले कुटनीतिज्ञ वार्ताबाट समाधान गर्नु पर्ने बताउँदै सीमा विषयमा सडकमा छताछुल्ल पारेर कसैले बिरोध गरेमा त्यो राष्ट्रहीतमा नहुने उल्लेख समेत गरे । 
    एक अर्को प्रसङ्गमा पूर्व मन्त्री समेत रहेका भण्डारीले सरकार दुई तिहाइ बहुमतको हुँदा पनि राजनैतिक समस्या समाधानमा ध्यान नदिई अनावश्यक काममै समय खेर फालिरहेका आरोप लगाएका छन् । उनले बर्तमान सरकार राजनैतिक मुद्दा सामाधान तर्फ गम्भीर नभई अन्य काममै अलमलिरहेको टिप्पणी समेत गरे । 
    आफ्ना पार्टी लगायत अन्य परिवर्तनकारी शक्तिले उठाएको मुद्दा संविधान संशोधन गरेर सम्बोधन गरिएमात्र देशको राष्ट्रिय राजनीतिक समस्याको समाधान निस्कने उनको भनाई छ । यस्ता विषयलाई अहिले सम्म गम्भीरता पूर्वक सरकारले लिन नसकेको भन्दै सरकार मुठभेड नै चाहेको जस्तौ आभाष भई रहेको उनले बताए । 
    हाल प्रधानमन्त्री अस्वस्थ्य भएकोमा स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्रीको स्वास्थ्यसँग मुलुकको स्वास्थ्य समेत जोडिएकोले प्रधानमन्त्रीलाई केही दिन जिम्मेवारीबाट पन्छेर बिरामी बिदा लिन सुझाव समेत दिए । 
    राजनीतिक समस्या सामाधानका लागी बलियो बैकल्पिक शक्ति निर्माणको आवश्यकता महसुस गरी राजपा अहिले सोही दिशामा अघि बढेको उनको भनाई छ । अघिकार र पहिचानका लागी संघर्ष गर्ने सबै शक्तिलाई एकै थलोमा ल्याउन राजपाले अगुवाई गरिरहेको र यथास्थितिमा राजपा कुनै पनि हालतमा सरकारमा नजाने उनले स्पष्ट पारे । 
    समाजवादी पार्टी सँगको एकिकरणको कुरा कहाँ सम्म पुग्यो भन्ने विषयमा उनले बार्ता विभिन्न चरणमा चलिरहेकोले छिट्टै निष्कर्षमा पु¥याउने प्रयास भइरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका इन्दलले गरे आत्महत्या
बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका इन्दलले गरे आत्महत्या
बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच  घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच  घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी