दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
सप्तरीको राजगढदेखी विष्णुपुर गाउँपालिका हुँदै सदरमुकाम राजविराजसम्म पुग्ने एकमात्र सडक बाटो अत्यन्त जिर्ण र जोखिमपूर्ण अवस्थामा पुगेको भन्दै मर्मत सम्भारका लागि आइतबार प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ ।
स्थानिय जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सुभास कुमार लामिछानेलाई ज्ञापनपत्र बुझाएको हो ।
जिर्ण रहेको उक्त नहर खण्डको बाटो नहर सफाइका क्रममा निकालिएको फोहरहरु ठाउँ ठाउँमा थुपारिदा आवागमनमा झन समस्या थपिएको स्थानियवासी शम्भुप्रसाद यादवले बताए । दुई वर्षदेखी बिग्रेको उक्त बाटो बनाउन कुनै निकायले चासो नदिदा सुख्खायाममा धुलाम्मे र वर्षायाममा हुने हिलाम्मेका कारण निकै सास्ती भोग्नु परिहरको उनको भनाई छ ।
विष्णुपुर गाउँपालिका वडा नं. ५ का अध्यक्ष जिवछ मण्डलले उक्त सडकखण्डमा पाइला पिच्छे परेका खाल्डा खुल्डीले साना ठूला सबै सवारीसाधन आवतजावतमा सकस हुने गरेको बताए ।
सडक जिर्ण बन्दा स्थानियले निकै सास्ती खेप्नु परेको भन्दै उनले बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा ज्यान जोखिममा पर्ने गरेको अर्का वडा अध्यक्ष बहादुर सदाको भनाई छ ।
जिर्ण सडककै कारण विद्यालय पुग्न पनि सो क्षेत्र र आसपासका विद्यार्थीहरुलाई समस्या हुने गरेको स्थानिय अभिभावक उमेश यादवले गुनासो गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले ज्ञापनपत्र बुझ्दै उक्त सडकखण्ड मर्मतका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएका थिए ।
सडक मर्मतको माग गर्दै प्रदर्शनसहित ज्ञापन
सारांश
- स्थानिय जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सुभास कुमार लामिछानेलाई ज्ञापनपत्र बुझाएको हो ।
- जिर्ण रहेको उक्त नहर खण्डको बाटो नहर सफाइका क्रममा निकालिएको फोहरहरु ठाउँ ठाउँमा थुपारिदा आवागमनमा झन समस्या थपिएको स्थानियवासी शम्भुप्रसाद यादवले बताए ।
- दुई वर्षदेखी बिग्रेको उक्त बाटो बनाउन कुनै निकायले चासो नदिदा सुख्खायाममा धुलाम्मे र वर्षायाममा हुने हिलाम्मेका कारण निकै सास्ती भोग्नु परिहरको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया